साझा नेटवर्क
कुमार ‘अविरल” पन्थी, कतार ।
अविरल वर्षापछी प्युठान जिल्लामा आएको बाढी पहिरोबाट पिडित बनेका पिडितहरुको सहयोगार्थ प्युठान सेवा समाज दोहा कतारले आर्थिक संकलन आभियान संचालन गरेको छ । यतिबेला अविरल वर्षा संगै देशैभर बाढी पहिरोले जन जीवनमा त्रास मच्चाइ रहेको छ ।
अविरल वर्षापछि आएको बाढी पहिरोले प्यूठान जिल्लाको विभिन्न गाविसमा ठुलो क्षति पुराएको छ । सोहि बाढी पहिरोबाट पिडित बनेकाहरुको घाउमा महलम लगाउने हेतुले कतारमा प्युठान सेवा समाजले आर्थिक सङ्कलन अभियान संचालन गरि रहेको छ । नेपाल अधिराज्यमा बाढी पहिरोबाट सबै भन्दा बढी प्रभावित जिल्ला प्युठान रहेको उल्लेख गरिएको छ ।
सोहि बाढी पहिरोमा परी कैयौले ज्यान गुमाएका छन भने हजारौ मानिस घरबार विहीन भएका छन । यस्तो अवस्थामा प्रवासमा रहेका नेपालीहरु एकजुट हुदै पिडितहरुको चहराई रहेको घाउमा महलम लगाउने प्रयासमा छन । कतारमा स्थापित विभिन्न वैचारिक सस्था, जिल्ला सस्था, सामाजिक सस्था, बुद्धिजीवी, व्यवसायी, मिडियाकर्मी, पत्रकार लगायत सम्पूर्ण नेपाली समुदायमा सहयोगका लागि समाजले अपिल समेत गरेको छ ।
समाजले वरिष्ठ उपाध्यक्ष वलदेव रानाको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरी आर्थिक संकलन अभियान संचालन गरी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend