साझा नेटवर्क
काठमाडौँ, श्रावण ३२ ।
नेपाल विद्यार्थी सङ्घको ११आै महाधिवेशनको प्रतिनिधिका बारेमा भएको विवाद मिलेको छ । फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने बताएका छन ।
नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाएपछी नेविसंघ भित्र चर्को विरोध भएको थियो । लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । मङ्गलबार गर्ने भनिएको मतदान बुधबार सारिएको र उम्मेदवारको मनोनयनको समय पनि थप गरिएको छ ।
उनका अनुसार उम्मेदवारको मनोनयन मंगलबार बिहान ११ बजेसम्म राखिएको थियो । श्रावण २३ गते भृकुटीमण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend