साझा नेटवर्क
अनिल खत्री, गुल्मी श्रावण ३२ ।
गुल्मी जिल्लाको ऐतिहासिक तपोभुमी रेसुङ्गामा साउनभर एक महिना सम्म लागेको मेला सकिएको छ । साउन १ गतेबाट सुरु भएको साउनको अन्तिम दिन मंगलवार सम्म सञ्चालनमा एक महिने मेला विविध पुजा सहित सकिएको छ ।

गुल्मीको सदरमुकाम तम्घासदेखि माथि अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि साउन महिना भर एक महिने मेला संञ्चालन भएको थियो । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,बेद ध्वनी,शिव पुराण,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन भएको रेसुङ्गा संरक्षण समितीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।

धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा बाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका बिभिन्न ठाउबाट हजारै श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा रेसुङ्गामा आउने गर्दछन् । यसवर्ष पनि मेलामा अन्य वर्षमा जस्तै दैनिक पुजा तथा उक्त क्षेत्रको अबलोकन गर्न हजारौ दर्शक पुगेको रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
समितीका अध्यक्ष भुसालका अनुसार गत वर्ष भन्दा यस वर्ष दोब्बर दर्शकले मेला अबधीभर अबलोकन तथा पुजा आजा गरेको बताउनु भयो । समितीले मेला अबधीभर श्रदालु भक्तजनहरुलाई खाने तथा बस्ने व्यवस्था मिलाइएको अध्यक्ष भुसालले बताउनु भयो । गत वर्ष भन्दा यस वर्ष दर्शकहरुको पनि उल्लास र केहि फरक खालका कार्यक्रमहरु पनि थपिएको भुसालले बताउनु भयो ।
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औषी, एकादसी तथा कार्तिक ठुला एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्युटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।
गुल्मीको सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेबाट तपो भुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गा सबै महत्वले भरिपुर्ण भएपनी पोखरी सम्म पुग्ने बाटो पक्की भए अझ बढी पर्यटक आउने स्थानिय व्यवसायी तथा लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताउनु भयो ।
रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ । एक महिने मेलामा जिल्ला स्थित सदरमुकाम तम्घासमा रहेका बिभिन्न संघ संस्था क्लव आमा समुहहरुले उक्त क्षेत्रको अभियानै सुरु गरेर सरसफाई गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend