साझा नेटवर्क
बिजय कुमार मगर, कतार।
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको सनैया “बि” एरिया समितिका सदस्य लुर बहादुर बलम्पाकी मगरको बिदाई सनैया “बि” एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगरको सभापतित्वमा , लुर बहादुर बलम्पाकि मगर को प्रमुख अतिथ्यमा तथा नेपाल मगर संघ शाखा, कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको विशेष उपस्थितिमा सनैया स्थित क्रिकेट स्टेडियमको पार्कमा सम्पन्न भयो ।

उक्त विदाई कार्यक्रममा अतिथिहरु नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका महासचिव बिजय मगर, सचीव रबिन मगर, सदस्य भक्त राना मगर, पुर्व सचीव तथा वाङ राम पुन मगर, दोहा एरिया समितिका उपाध्यक्ष बुद्धि मान मगर, सनैया “ए” एरिया समितिका सचिव रेशम आले मगर, सहानिया एरिया समितिका उपाध्यक्ष नरेन्द्र ल्हायो मगर, वक्रा एरिया समितिका कोषाध्यक्ष श्याम पुलामी मगर, अल खोर एरिया समितिका अध्यक्ष मन रोकिम मगर, मगरात सर्घष उपसमितिका सदस्य टोप सारु मगर र राज्यसत्ता अनलाइन पत्रकार कृष्ण सारु मगर हुनु हुन्थ्यो भने कार्यकम संचालन सनैया “बि” एरिया समितिका सचीव फरियोज मगरले गरेका थिए ।
संघको तर्फवाट समितिका अध्यक्ष धन ब.सारुमगरले खादा लगाई र केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले उहाँको संघ प्रतिको उच्च योगदानको कदर गर्दै कदर पत्र हस्तान्तरण गरिएको थियो । सम्मानकै क्रममा संघका अन्य उपस्थितीहरुद्धारा मगरलाई खादा ओढाएर सम्मान गरिएको थियो । विदाई कार्यक्रमका अतिथिहरुले लुर बहादुर बलम्पाकी मगरले संघमा आवद्ध भई गरेका कामहरुको प्रशंसा गर्दै उहाँको आउँदा दिनहरु सफलताको शिखरमा लम्कि रहोस भनेर शुभकामना व्यक्त गर्नुभएको थियो साथै नेपाल मगर संघ, शाखा कतारका सचीव रबिन मगरले उहाँ जहाँ भएपनि नेपाल मगर संघ, शाखा कतारले उहाँको योगदानलाई नबिर्सने र उहाँको कमि महसुस भईरहने बताउनु भयो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि लुर बहादुर बलम्पाकी मगरले आफुले नेपाल मगर संघ, शाखा कतार बाट सिकेका कुराहरु अरु संग बाडने तथा मगर संघ कतारले गरेको सम्मान सधै सम्झना गरिरहने र आफू जहाँरहे पनि मगर संघ, कतारलाई कहिले न बिर्सने बताउनु भयो । अन्तमा कार्यक्रमका सभापति तथा सनैया “ बि “ एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगरले बिदाइ हुनु भएका लुर बहादुर बलमप्की मगरको भबिष्य उज्वल रहोस् भनेर शुभकामना दिदै उपस्थिति भएका सम्पुर्णलाई धन्यवाद दिएर बिदाइ कार्यक्रमको समापन गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend