logo
  • शुक्रबार, असोज ९ २०८३

रायमाझी कुल देवता बुटवलनगर समितिले तिजको दर खुवाउने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

महेश बोहोरा, बुटवल श्रवाण ३१।
रायमाझी कुल देवता बुटवलनगर समितिले तिजको दरखुवाउने कार्यक्रम गर्ने भएको छ । बुटवलमा बसेको समितिको नियमित बैठकले नेपाली महिलाहरुको महान पर्व हरितालिक तिजको उपलक्ष्यमा यही आउदो भदौ ११ गते शनिवारका दिन बुटवलको मणिमुकुन्द पार्क फुलबारीमा रायमाझी बन्धु आमा, दिदी बहिनीहरु बिच शुभकामना आदानप्रदानका साथै तिजको दर खुवाउने कार्यक्रम गर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकले दरखुवाउने कार्यक्रमलाई भब्य र सब्यरुपमा सम्पन्न गर्नको लागी सम्पूर्ण बुटवलबासी रायमाझी बन्धुहरुलाई भदौ ६ गते भित्र नगरसमितिमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । समितिका अध्यक्ष राजेन्द्र सिंह रायमाझीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका संरक्षक नारायण रायमाझी, प्रेस सल्लाहकार पत्रकार राजेन्द्र जङ्ग रायमाझी, कोषाध्यक्ष लक्की रायमाझी, बालनरसिंह रायमाझी लगायतको आथित्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन समितिका सचिब रामु रायमाझीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend