logo
  • शनिबार, साउन ३० २०८३

खेलकुद महासंघको अध्यक्षमा काउछा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी साउन ३०।
पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरुबाट राज्यले लगानी अनुसारको आशा राख्नु पर्नेमा जोड दिएका छन । पछिल्लो बर्षहरुमा भएको खेलकुदको विकास र खेलाडीको प्रतिष्ठा राज्यले त्यस क्षेत्रमा गरेको लगानी अनुसार सन्तोषजनक भएको स्पष्ट पारे ।
13989538_1057961357629194_819699298_n
उनले स्वच्छ खेलकुदले स्वस्थ शरिर, स्वस्थ शरिरबाट स्वच्छ बिचार र स्वच्छ बिचारले स्वच्छ समाज निमार्ण हुने बताए । नेपाल खेलकुद महासंघ गुल्मी गठन गर्न सदरमुकाम तम्घास आएका संघका केन्द्रिय अध्यक्ष पौडेलले नेपालमा खेल क्षेत्रको विकासका निम्ती एमालेले नै पहिलो पाइला चालेको बताए । उनले आफ्नो कार्याकालमा खेल क्षेत्रको विकासका लागी थुपै्र काम भएको बताउँदै प्रक्रियामा रहेका केहि काम पनि ढिलो चाँडो सम्पन्न हुने आशा व्यक्त गरे ।
14030672_1057961624295834_515068686_n
मदन आश्रित स्मृति भवन एमाले पार्टी कार्यालयमा भएको कार्यक्रमलाई संबोधन गर्दै उनले गुल्मीका दल बहादुर राना, सोमपाल कामी, बिरेन्द्र कुवँर तथा सिमा खासु जस्ता खेलाडीले जिल्ला र देशकै शिर उचो बनाएको बताए । महासंघका ५ नं प्रदेश उपप्रमुख बसन्त जिआरले सगरमाथा र गौतम बुद्धको देश जस्तै राष्ट्रिय झण्डा बिश्वमा चिनाउने देशका खेलाडी भएपनि राज्यले खेल क्षेत्र र खेलाडीलाई व्यवास्था गरेको बताए । जिआरले राज्यले बजेटको १ प्रतिशत पनि खेल क्षेत्रको विकासमा प्रयोग गर्न नसक्नु बिडम्बना र खेलाडीको दुर्भाग्य भएको बताए ।

एमाले गुल्मीका कार्याबहाक अध्यक्ष मधुकृष्ण पन्तले जिल्लाको खेल क्षेत्रको विकासका निम्ती आफु र पार्टी सधै अघिल्लो पंक्तिमा रहने बताए । साथै उनले खेलाडीहरुलाई संगठित गराउने काममा पार्टीले महासंघ मार्फत तत्काल लाग्ने प्रतिबद्धता जनाए । एमाले गुल्मीका पुर्व अध्यक्ष बोम खड्काले जिल्लामा एमाले सम्बद्ध खेलाडी धेरै संख्यामा भएपनि संगठित गर्न नसकिएको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले अहिले सम्म गुल्मीको खेल क्षेत्र सन्तोषजनक भएपनि बजेट अभावमा सोचे अनुसारको काम हुन नसकेको बताए ।

सोहि कार्यक्रममा आइटिएफमा स्वर्णपदक जित्न सफल सदरमुकाम तम्घासका खेलाडी बिरेन्द्र कुवंरलाई सम्मान गरिएको थियो । कार्यक्रममा एमाले नेताहरु सचिव सोमनाथ सापकोटा, बाल सिंह काउछा, जंग नेपाली, हिरा एसी, गणेश श्रीपाली, माधव ज्ञवाली, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेय, युवा परिषदका अध्यक्ष राजेन्द्र बिक्रम कुवंर, बिद्यार्थी नेताहरु ओम कार्की शोभाखर गिरी लगाएतको सहभागीता रहेको थियो ।

भेलाले महेश काउछाको अध्यक्षतामा २१ सदस्य रहेको नेपाल खेलकुद महासंघ गुल्मी गठन गरेको छ । सघको उपाध्यक्षमा मनोज काउछा, सचिवमा कृष्ण आचार्य, सहसचिवमा बिरेन्द्र थापा र कोषाध्यक्षमा सिमा खासु लगाएत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend