साझा नेटवर्क
नेपाली चलचित्र क्षेत्र ओरालो लागिरहेको छ । तर पनि नेपाली चलचित्र बन्ने क्रम भने झन चौ-गुणा तीव्र छ ।
यसै सिलसिलामा साझा नेटवर्क डटकमका लागि ऋषि आर.अधिकारीले नेपाली चलचित्र क्षेत्रकि चर्चित नायिका श्रद्धा प्रसाईसंग गर्नु भएको कुराकानी ।
श्रद्धाजी नमस्कार ! साथै यहालाई स्वागत छ साझा नेटवर्क डटकम मा।
नमस्ते ! एवम धन्यवाद यहालाई पनि ।
तपाई आफुलाई के भनेर परिचय दिनुहुन्छ ?
मैले आफ्नो परिचय दिनु पर्दा एउटा साधारण व्यक्ति जसले आफुले जिन्दगीमा केहि गर्छु भनेर सोचेको छु।
अभिनयमा कसरी आउनु भयो ?
अभिनयको कुरा गर्दा म कक्षा ५ मा हुँदा मैले थिएटरबाट अभिनय सुरु गरेको हो। मैले थुप्रै ड्रामामा अभिनय गर्नुको साथै निर्देशन पनि गरेको छु र अहिले आएर अवसर पाए सिनेमा गर्ने त्यसैले यो अवसरलाई सहस्र स्वीकारे।
दर्पण छायाँ २ मा डेब्यु गर्नु पाउनु भएको छ, कस्तो अनुभव रह्यो?
अब सेटमा तुलसी घिमिरे दाई संग काम गर्दा एउटा पारिवारिक वातावरण थियो र सुटिंग सुरु हुनु भन्दा अगाडी एकदमै एक्साइटेड थिए अनि पछि शुट कहिले सुरु भयो र कहिले सक़्क़ियो थाहा नै पाइन्।
दर्पण छायाँ २ मा तपाई सँगै अरु को-को मुख्य भूमिकामा हुनुहुन्छ ?
म-श्रद्धा प्रसाई, पुष्पल खड्का र सहारा कार्की। निर्देशन चाहिँ तुलसी घिमिरे दाईले गर्नु भएको छ।
दर्पण छायाँ २ को सुटिंगको एउटा रमाईलो क्षण बताईदिनुस न ?
(मन्द हॉसोको साथमा) सुटको एउटा मात्र रमाईलो क्षण भन्ने नै छैन। सबै पलहरु यति रमाईलो र अविश्मरणीय रहेको छ। हामी सबै दर्पण छायाँ २ को कलाकार देखि लिएर सबैजना एउटा पारिवारिक सदश्य जस्तो भएका छौं।
अहिले सम्म सिनेमाको लागि कति प्रस्ताव आए ?
प्रस्तावहरु नआएको हैन। दर्पण छायाँ २ भन्दा अगाडी पनि आएको थियो। दर्पण छायाँ २ भन्दा अघि रोमियो सिनेमा साईन गरेको थिए र विशेष कारण बस त्यस सिनेमाको सुटिंग हुन पाएको छैन। चाढ़ै नै त्यसको पनि काम हुनेछ। अब अहिले पनि सिनेमाको लागि कुराहरु आइरहेको छ, अरुको नाम चाहिँ नभनौं। (मन्द हाँसो)
घरायसी काम कत्तिको गर्नु हुन्छ ?
हा! हा! (हाँसो) साच्चिकै भन्नु पर्दा मैले अहिले सम्म घरायसी काम केहि पनि गर्नु परेको छैन। तर परेको अवस्थामा भने गर्नेछु। अनि, साच्ची स्काउटमा कुकिंग गरेको छु। मलाई चिया, अण्डा बोइल, माम, अचार अनि बोइल चिकेन बनाउन आउछ।
कुन नेपाली एक्टरसंग अनस्क्रिन रोमान्स गर्न मन छ ?
अब अनस्क्रिन रोमान्स भन्दा पनि कोसंग काम गर्न मन छ भन्दा ठीक होला। मलाई खगेन्द्र लामिछाने दाई, प्रदिप खड्का अनि आकाश श्रेस्ठसंग काम गर्न मन छ।
सेक्सी लाग्ने तीन स्वदेशी पुरुष ?
राजेश हमाल-उहाँ नेपाली सिनेमा जगत कै शिक्षित व्यक्ति लाग्छ, खगेन्द्र लामिछाने-हि ईज सुपर डुपर काउन्टेड अनि मेरो ड्याडि।
तीन कुरा जुन बिना बाँच्न सक्नु हुन्न ?
मेरो मामू, परिवार र खाना (आई लब इटिंग )
प्रस्तुती : ऋषि आर. अधिकारी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend