logo
  • शनिबार, साउन ९ २०८३

गुल्मी सेवा समाज कतारको प्रथम बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभा पछिको प्रथम मासिक बैठक तथा साधारणसभा सभाको समिक्षा शुक्रबार सम्पन्न भएको छ ।
2
बैठक सस्थाका नव निर्वाचित अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो । साथै बैठकमा कार्यसमितिका पदाधिकारीहरु तथा रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभा गत २९ जुलाई २०१६ का दिन सम्पन्न भएको थियो । सोहि साधारण सभाले चयन गरेको नया कार्यसमिति बीच एक आपसमा परीचयात्मक कार्यक्रम गरी बैठकलाई अगाडी बढाएइको थियो ।

4बैठकमा गत २९ जुलाई २०१६ का दिन कतारको नज्मामा सम्पन्न समाजको छैठौं साधारण सभाको  समिक्षा गरीएको छ  ।  सोहि अवसरमा समाजको छैठौं साधारणसभा सभ्य एवम भव्य रुपमा सम्पन्न बनाउनका लागि विभिन्न कोणबाट  सहयोग पुराउनु हुने सम्पूर्णलाई धन्यवाद  व्यक्त गरिएको थियो ।

बैठकमा बोल्दै नव निर्वाचित अध्यक्ष पाण्डेले गुल्मी सेवा समाज एउटा निस्वार्थ सेवा भाव बोकेको सामाजिक सस्था हो, हामीले अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई समेट्दै एक साथ भएर आगाडी बढ्नु पर्ने कुरा बताए । साथै बैठकमा समाजको सल्लाहकार समिति समेत गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend