logo
  • शुक्रबार, साउन ८ २०८३

अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतारको प्रथम बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कुमार “अविरल” पन्थी/क्षितिज किरण गैरे, कतार श्रावण २९ ।
“जातिय छुवाछुतको अन्त्य गरौ, समानता मुलक समावेसी समाजको निर्माण गरौ “भन्ने मुलनाराका साथ अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतारको प्रथम आन्तरिक भेला सम्पन्न भएको छ । गत शुक्रवार कतार स्थित बिक्रमपुर रेष्टुरेन्टको सभाहलमा समाजको प्रथम नियमित मासिक बैठक सम्पन्न भएको हो ।
dalit samaj qatar
समाजका संयोजक कृष्ण परियारको संयोजकत्वमा सम्पन्न उक्त बैठकले आगामी मुस्लिम धर्मावलम्बीहरुको चाड वक्र ईदको दोस्रो दिन “अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतार घोषण तथा सन्देश सभा” आयोजना गर्ने समबन्धमा बितृत छलफल गरेको छ । समाजले नयाँ शक्ति नेपालको सचिवालय सदस्य तथा दलित बिभागकि संयोजक श्रीमति सुशिला श्रीपालीलाई प्रमुख अतिथिकाे रुपमा बोलाउने निर्णय समेत गरेको छ । साथै बैठकले कार्यक्रमका लागि व्यवस्थापन तथा विभिन्न जिम्मेबारी बाडफाड पनि गरेको छ ।

बैठकमा समाजका सल्लाहाकार दुर्गा सुनार, देव परीयार, रमेश सिंङ खाती, लक्ष्मण नह्वाग पान्डे, संरक्षक बिजय सुन्दास, सचिब भुवन बर्दैवा, कोषध्यक्ष सुवास सुन्दाश, अनिल परियार बिशेष उपस्थिति रहेको थियो । त्यसैगरी शिशिर सुवेदी, सन्तोस बस्नेत, सदस्यहरु धनबहादुर रुचाल, बिक्रम परियार, मनिलाल बिक, उमेशल परीयार, राजु परियार, बिसाल रनपाल, यम बहादुर परियार, रमेश परियार लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो। बैठकमा समाजका भावि कार्ययोजना सम्बन्धी बिस्तृृत रुपमा छलफल गरिएको थियो ।

साथै समाजको कार्यसमितिमा रिक्त रहदै आएको पदमा सर्व-सहमतिबाट पदपुर्ति गरी जिम्मेवारी समेत सुम्पिएको थियो । बैठक समाजका संयोजक कृष्ण परियारले समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend