logo
  • शनिबार, भाद्र २० २०८३

विस्थापीत परिवारलाई हिमा गौतम स्मृती कोषको सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टोपलाल अर्याल, गुल्मी श्रावण २८।
हिमा गौतम स्मृती कोष अम्मरपुरले अम्मरपुर गाविसका सात घरपरिवारलाई राहत प्रदान गरेको छ । अविरल बर्षाका कारण पहिरो गएपछि विस्थापीत भएका तीन परिवारलाई ५/५ हजारका दरले, दुई परिवारलाई ४/४ हजारका दरले र दुई परिवारलाई ३/३ हजारका दरले राहत प्रदान गरिएको कोषका कार्यबहाक अध्यक्ष नारायण पराजुलीले बताउनुभयो ।

अम्मपुर वडा नं ९ का भिमु गिरी, वडा नं ३ का केशरे कुमाल र पुने कुमाललाई ५/५ हजार प्रदान गरिएको छ । त्यस्तै वडा नं ३ का प्रेम नारायण अर्याल, मोती प्रसाद भण्डारीले ४/४ हजार पाउनु भएको छ । वडा नं ३ का तुल्सा कुवंर र रविलाल कुमालले ३/३ हजारका दरल राहत पाउनु भएको थियो ।

कार्यक्रम कोषका कार्यबहाक अध्यक्ष नारायण पराजुलीको अध्यक्षता, सदस्य सुजन गौतमको स्वागत तथा सचिव नारायण महतको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend