logo
  • शनिबार, भाद्र २० २०८३

स्थानिय उत्पादन कोशेली घरमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी श्रावण २८ ।
स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न भन्दै गुल्मीमा कोशेली घरको नयाँ स्वरुम सुचारु भएको छ । कोशेली घर शहकारी संस्थाद्धारा सञ्चालित कोशेली घर पसलको एक कार्यक्रमका बिच स्वरुमको उद्घाटन भएको छ ।
koseli 2
गुल्मीका स्थानिय स्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका बिभिन्न बस्तुहरुलाई बजार उपलब्ध गराउने उद्देश्यले जिल्लाको सदरमुकाम तम्घासको पुतली बजारमा कोशेली घरको स्वरुमको गुल्मीका पमुख जिल्ला अधिकारी उदय रानाले उद्घाटन गर्नु भएको छ ।
स्वरुमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रानाले जिल्लामा घरेलु तथा साना उद्यमीले उत्पादन गरेर बजार नपाएका त्यस्ता बहुमुल्य सामाग्रीहरुलाई बिक्री बितरण गर्न यो घरले ठुलो सहयोग गर्ने बताउनु भयो ।
koseli 1
घरेलु उद्यमहरुले उत्पाद गरेका बस्तुलाई कहाँ लगेर बेच्ने भन्ने समस्या पनि हटने उहाँको भनाई छ । स्थानिय स्तरमा उत्पादन भएका घरेलु सामाग्रीहरुको बिक्री बितरण गरेर घरेलु साना उद्यामीहरुको जिवन स्तरमा परिर्वतन ल्याउन यसले मुख्य भुमिका खेल्नेमा आफु बिश्वस्त रहेको प्रजिअ रानाले बताउनु भयो । २०६८ सालमा स्थापना भएको कोशेली घर शहकारीले २०७० साल बैसाखमा तत्कालिन मुख्य सचिव लिलामणी पौडेलले उक्त कोशेली घरको उदघाट गर्नु भएको थियो ।
koseli 3
तिन वर्ष पहिलेबाट गुल्मीमा कोशेली घरको स्थापन भएपनि व्यवस्थित रुपमा भने घरेलु तथा साना उद्यामीहरुबाट उत्पादिन सामाग्रीहरुको बिक्री बितरण भएको थिएन । केहि उद्यमीहरुबाट उत्पादित सामाग्रीहरु कोशेली घरले बिक्री बितरण गरेपनि व्यवस्थित रुपमा भने सञ्चालनमा आउन सकेको थिएन । कोशेली घरमा जिल्लामा स्थानिय स्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका सेरामिक्सका सामाग्री, वाँसबाट बनेका सामाग्री, क्रिष्टलका गहना, हातले बुनेका सुइटर झोला लगायत बिभिन्न सामाग्रीहरु, गिफ्टका सामाग्रीहरु र घरेलु उत्पादित बिभिन्न खाध्य सामाग्रीहरु पाइने कोशेली घर शहकारी संस्थाका सचिव हरि पोखरेलले जानकारी दिनुभयो ।

घरेलु लघु उद्यमीद्धारा उत्पादित स्थानिय सामाग्रीहरुको खरिद बिक्री गर्न भन्दै कोशेली घरको स्वरुम स्थापना भएको सचिव पोखरेलले बताउनु भयो । साना उद्यमीहरुले घरमै बसेर उत्पादन गरेका बिभिन्न बस्तुहरुलाई यो घरले बिक्री बितरण गर्न मद्दत गरेर साना उद्यमीहरुलाई आत्मा निर्भर बन्न प्रेरित गर्न पनि यसले मद्दत गर्ने पोखरेलले बताउनु भयो ।

बिदेशी उत्पादन भन्दा स्वदेशी तथा स्थानिय स्तरमा उत्पादन भएका सामाग्रीहरुको प्रयोग गर्न उहाले जेड दिनुभयो । स्थानिय साना उद्यामीहरुबाट उत्पादन भएका सामाग्रीहरु राम्रा र बलिया भएकोले स्थानिय उत्पादन भएका सामग्रहरु प्रयोग गर्न पोखरेलले आग्रह गर्नुभयो । कोशेली घर स्थापना गर्न हाल सम्म घरेलु तथा उद्योग महासंघ र घरेलु तथा साना उद्योगले आर्थिक सहयोग गरेको पोखरेलले बताउनु भयो ।

स्वरुम उद्घाटनमा कोशेली घर शहकारी संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय राना, स्थानिय विकास अधिकारी डिलाराम पन्थी, घरेलु तथा साना उद्योग गुल्मीका प्रमुख कृष्णप्रसाद पोखरेल लगायत जिल्लाका बिभिन्न कार्यलयका प्रमुख तथा बिभिन्न व्यत्तित्वहरुको सहभागिता रहेको थियो । जिल्लामा स्थानिय स्तरबाट उत्पादन भइ कोशेली घरबाट बिक्री गरिने बस्तुहरु चिनोको रुपमा बाहिर लैजाने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend