logo
  • शुक्रबार, असोज ९ २०८३

पत्रकार बन्न अनिवार्य परिक्षा दिनुपर्ने : प्रेस काउन्सिल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ श्रावण २७।
नेपाल सञ्चार माध्यमहरुको अनुगमन गर्ने निकाय प्रेस काउन्सिलले पत्रकार बन्नका लागि अनिवार्य रुपमा परीक्षा दिनुपर्ने व्यवस्था सुरु गर्ने भनी गरेको तयारीले घुमाउरो रुपमा प्रेस स्वतन्त्रता माथि अंकुश लाग्न सक्ने जोखिम बढ्ने भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले असन्तुष्टी जनाएको छ।160811011018_press_council_640x360_._nocredit
तर झन्डै १० हजार पत्रकारहरु कार्यरत रहेको नेपालमा अब थालिने परीक्षा प्रणालीले योग्य व्यक्ति मात्र यो क्षेत्रमा भित्रिने आशा प्रेस काउन्सिलका पदाधिकारीले व्यक्त गरेका छन्।
सिफारिस
नेपाल प्रेस काउन्सिलद्वारा गठित कार्यदलले ६ महिना लगाएर तयार पारेको एक प्रतिवेदनले हाल कार्यरत रहेका पत्रकारहरुको हकमा नभई नयाँ आउन चाहने पत्रकारले योग्यता परिक्षा दिनु पर्ने सिफारिस गरेको थियो।

उक्त प्रतिवेदन अनुसार अब प्रेस काउन्सिलले नयाँ पत्रकारहरुका लागि लिखित र अन्तर्वार्ता गरी दुई तहमा परीक्षा आगामी मंसिरबाट थाल्ने योजना बनाइसकेको प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की बताउँछन्।

उनले भने, “पुरानाहरुलाई मान्यता दिने र नयाँ आउनेहरुलाई एउटा प्रणालीमा राख्न प्रयास गरिन लागेको हो। हामीले घच्घच्याउन खोजेको कुरा के हो भने कम्तिमा यो पेशामा प्रवेश गर्दा खेरी आवश्यक ज्ञान लिएर आऊ भन्न खोजेका हौं।

“नेपालमा पत्रकार बन्न चाहनेले कम्तीमा एसएलसी परिक्षा पास गरेको हुनु पर्ने व्यवस्था छ। तर त्यति शैक्षिक योग्यता पनि नभएका कयौं व्यक्तिहरु पत्रकारिता पेशामा लागेको बताइन्छ।

यस्तो अवस्थामा नयाँ नियमले नेपालमा पत्रकारहरुको योग्यता र गुणस्तरका विषयमा व्यक्त हुने गरेका चिन्ताहरुको संबोधन हुने प्रेस काउन्सिलका पदाधिकारीको अपेक्षा छ।
असन्तुष्टी
तर पत्रकार महासंघका पदाधिकारीहरु त्यसप्रति सहमत छैनन्।प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई यसले घुमाउरो पाराले संकुचन गर्ने खतरा रहन्छ महेन्द्र विष्ट, अध्यक्ष, नेपाल पत्रकार महासंघ नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले प्रेस काउन्सिलको कदमले स्वतन्त्र पत्रकारितामा अंकुश लाग्न सक्ने चिन्ता व्यक्त गर्छन्।

उनले भने, “प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई यसले घुमाउरो पाराले संकुचन गर्ने खतरा रहन्छ।”नियमन पत्रकारको योग्यता परीक्षण प्रतिवेदन बनाउने तीन सदस्यीय कार्यदलका एक सदस्य एवं नागरिक दैनिकका प्रधान संपादक गुणराज लुइंटेल भने अनिवार्य नगरिने नयाँ नियमले संचार गृहलाई योग्य पत्रकार खोज्न अभिप्रेरित गर्ने बताए।

उनले भने,” अहिले धेरै ठूलो चिन्ताको विषय चाहीं सबैको जाँच लिनु पर्छ भन्ने विषयमा देखिन्छ। समयक्रममा कतिपय कुराको विकास हुँदै जांदाखेरी यसरी पनि सोच्छ सकिन्छ र धेरै ठाँउमा यसरी सोचिपनि सकेका छन् भनेर हामीले सुझाव दिएका हौं।”

नेपालमा करिब १० हजार पत्रकारहरुले सूचना विभागबाट प्रेस प्रतिनिधि पत्र लिएका छन्।ती पत्रकारहरु पत्रपत्रिका, एफएम रेडियो तथा टीभी र बग्रेल्ती खुल्न थालेका अनलाइन सञ्चार माध्यमहरुमा काम गर्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend