logo
  • शनिबार, साउन ९ २०८३

पोखराको लामाचौरमा तीज महोत्सवको तयारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कविता घर्ति मगर, कास्की श्रावण २६ ।
तीज पर्व अवसरमा नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सव अवसर पारी तीज महोत्सव हुने भएको हो । स्थानीय इन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा तीन दिनसम्म चल्ने महोत्सवलाई सफल पार्न लामाचौर बासी लागि परेका छन् । तयारीका लागि संस्थाका अध्यक्ष धर्ममान सिंह भण्डारीको अध्यक्षतामा पाँच सय एक सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । महोत्सवको प्रमुख आकर्षण पाँचौ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यसपालि छ टीमले भाग लिने निश्चित भएको छ ।

भदौ १७ देखि १९ सम्म चल्ने महोत्सवमा करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए । महोत्सवका अन्य आकर्षणमा अन्तरमावि छात्रा भलिबल, तीजगीत प्रतियोगिता,अन्तरमावि लोकनृत्य प्रतियोगिता, नरबहादुर बानियाँ स्मृति सितरियो कराँते,महिला म्यूजिक चियर, स्रष्टा सम्मान लगायत चर्चित कलाकारको दिनहुँ प्रस्तुति रहने प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend