साझा नेटवर्क
काठमाडौ, श्रावण २६ ।
राष्ट्रिय पुनर्निर्माणमा तीव्र रुपमा अगाडी बढाउने नवगठित सरकारले डेढमहिनाभित्र भूकम्प पीडितहरुलाई घर निर्माणको लागि दिने भनिएको अनुदान रकम उपलब्ध गराउन निर्देशन दिएपछि त्यसका लागि प्राधिकरणले उक्त अवधिभित्र करिब तीन लाखभन्दा बढी भूकम्पपीडितलाई घर निर्माणको लागि पहिलो किस्ताको रकम बाँडिसक्ने योजना बनाएको अधिकारीहरुको भनाइ छ।
अर्थमन्त्री कृष्णबहादुर महराले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनर्निर्माणमा भइरहेको प्रगतिबारे जानकारी मागेलगत्तै वस्तुस्थिति बुझ्न ज्ञवाली मंगलबारै भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक पुगेर फर्किएका थिए।करिब ५ लाख ३३ हजार समग्र लाभग्राहीको संख्या भित्रमा ३ लाख १७ हजारको अनुदान सम्झौता सम्पन्न भइसकेको छ। अहिले अनुदानको रकम ११ जिल्लामा पुर्याउने भन्ने जुन निर्णय भएको छ, सो अनुसारको तयारी भइसकेको छ
सुशील ज्ञवाली, प्रमुख कार्यकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खासगरी मध्य नेपालका पांचलाख भन्दा बढी भूकम्प पीडितहरुको सूची सार्वजनिक गरेको प्राधिकरणले अबको केही सातापछि तीन लाखभन्दा बढी पीडित घरधनीलाई अनुदान रकमको पहिलो किस्ता वितरण गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।
उनले भने ,”करिब ५ लाख ३३ हजार समग्र लाभग्राहीको संख्या भित्रमा ३ लाख १७ हजारको अनुदान सम्झौता सम्पन्न भइसकेको छ। अहिले अनुदानको रकम ११ जिल्लामा पुर्याउने भन्ने जुन निर्णय भएको छ, सो अनुसारको तयारी भइसकेको छ।”
तीव्र गतिमा काम गर्न नसकेको भन्दै बारम्बार आलोचित हुंदै आइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रधानमन्त्री प्रचण्डले गत साता सत्ताको बागडोर सम्हाले लगत्तै ४५ दिनभित्र घर निर्माणको पहिलो किस्ता दिन निर्देशन दिएका थिए।
प्राधिकरणले अधिकांश समय भूकम्प पीडितहरुको तथ्यांक संकलन, रकम पुर्याउनका निम्ति ब्यांकहरुसंगको सम्झौता र रकम वितरणका लागि स्थानीय निकायका पदाधिकारीहरुसंगको छलफलमा नै बिताएको तर ठोस काम गर्न नसकेको आरोप लाग्ने गरेको छ।तर प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय असहयोग र रकम निकासामा ढिलाइ भएकोले पुनर्निर्माणमा त्यसको असर परेको बताए।
उनको भनाइ थियो,” पछिल्लो चरणमा आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको शुरुवात हुंदाखेरी रकम निकासा दिने कुरामा, केही दातृ निकायबाट दिने पैसाको कुरामा अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयबाट व्यवस्थापन हुंदैछ।\
“गत वर्षको बैशाखमा गएका विनाशकारी भूकम्पका कारण देशभर करिब ९ लाखको हाराहारीमा घरहरुमा आंशिक वा पूर्ण क्षति पुगेको प्राधिकरणको भनाइ छ।पुनर्निर्माणको लागि विदेशी मित्रराष्ट्र तथा दाताहरुले अर्बौं रुपैयाँ सहयोग गर्ने वाचा गरेका थिए।त्यसको केही रकम अझै निकासा नभएको प्राधिकरणले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend