logo
  • शुक्रबार, साउन ८ २०८३

राप्रपा र राप्रपा नेपालबीचको एकीकरण तुहियो


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

160526064747_nepal_leader_kamal_thapa_640x360_._nocreditकाठमाडौँ, श्रावण २५  ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपाल बीचको वर्तमान सरकारमा जाने वा नजाने विषयमा कुरा नमिलेपछि मंगलबार हुने तय भएको एकीकरण तुहिएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।

पार्टी एकीकरणको मुख्य मुद्दा मध्येको एक बनेको प्रचण्ड नेतृत्वको सरकारमा नजाने समझदारीलाई बेवास्ता गर्दै राप्रपाले दुई मन्त्री सरकारमा पठाएपछि एकीकरण प्रयास भंग भएको अध्यक्ष थापाले बताएका हुन्।यसअघि पनि पटकपटक पार्टी एकीकरणको प्रयास हुँदै आएपनि सफल हुनसकेको थिएन।

नजाने र प्रतिपक्षमा रहने शर्तका आधारमा एकीकरण गर्न खोजेका थियौं, तर उहाँ(पशुपति शम्शेर) त्यसमा टिक्न सक्नु भएन कमल थापा, अध्यक्ष, राप्रपा नेपाल लामो समयको प्रयासपछि पार्टी एकीकरणका लागि राजी भएर सहमतिमा समेत हस्ताक्षर गरिसकेका राप्रपा र राप्रपा नेपालबीच एकता हुनु एक दिन अगाडि राप्रपाले आफ्नो दुई नेता दीपक बोहोरा र विक्रम पाण्डेलाई सरकारमा सामेल गराएको थियो।

उनले भने, “हामीले पहिले पार्टी एकीकरण गरौं, त्यसपछि केन्द्रीय कार्यसमितिको बैठकबाट सरकारमा जाने, नजाने विषयमा छलफल गरौं भनेका थियौं। वास्तवमा सरकारमा नजाने र प्रतिपक्षमा रहने शर्तका आधारमा एकीकरण गर्न खोजेका थियौं। तर उहाँ(पशुपति शम्शेर) त्यसमा टिक्न सक्नु भएन।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठनका बेला राप्रपाले प्रचण्डको पक्षमा र राप्रपा नेपालले विपक्षमा मतदान गरेका थिए।

राष्ट्रिय अध्यक्षको अधिकार सीमित पारिएको रहेछ, त्यसलाई र अरु धेरै कुराहरु सुधार्नु पर्नेछ पशुपति शम्शेर राणा, राप्रपा अध्यक्ष एक समय संगै हिंडेका पूर्व पञ्चहरुको पार्टीको मिलनका निम्ति लामो कसरत गरिएको थियो र सहमति बनाउन राष्ट्रिय अध्यक्ष र अध्यक्ष गरी अप्ठ्यारो सुनिने दुई शीर्ष पदको सिर्जना समेत गरिएको थियो।

तर आफ्नो पार्टीको सरकारमा सामेल हुने निर्णयका कारण नभइ विधानमा मिलाउनुपर्ने थुप्रै विषय बांकी रहेकोले एकीकरण सम्भव नभएको राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाले बताए।

उनले भने, “मुख्यत राष्ट्रिय अध्यक्षको अधिकार सीमित पारिएको रहेछ। त्यसलाई सुधार्नु पर्नेछ। अरु धेरै कुराहरु छन् । झन्डै ३०/४० वटा बुंदाहरु छन्।”पहिलेदेखि नै टुक्रा, टुक्रा भएका पूर्व पञ्चहरुको एकताको प्रयास बारम्बार विफल हुंदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend