logo
  • शनिबार, साउन ९ २०८३

रहेनन “माइतीघर” चलचित्रका निर्देशक


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौँ, श्रावण २५।bs-thapa

रहेनन् यो संसारमा माइतीघर’ चलचित्रका निर्देशक  नेपाली दर्शकहरुको मन जितन  सफल  भएका  सबैको  मानसपटलमा  अझै पनि चलचित्र ‘माइतीघर’ ताजै छ । ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ बोलको गीत संचारमाध्यममा खुबै बज्ने गर्छ । यो चलचित्रका निर्देशक हुन्, वीएस थापा । उनै निर्देशक थापाको आज बिहान निधन भएको छ ।

आज बिहान ७ बजेर ३० मिनेटको समयमा उनको निधन भएको रंग पत्रकार विदुर गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार मुम्बइमा थापा एक्लै बस्दै आएका थिए । छोरा बुहारी नजिकैको अर्को घरमा बस्थे ।

छोरा-बुहारी सधै नै थापालाई खाना पुर्‍याउन जाने गर्थे । निर्देशक थापाले ‘कान्छी, मायापि्रती’ जस्ता सफल चलचित्रको निर्देशन पनि गरेका थिए । उनले केही बलिउड चलचित्रमा समेत काम गरेका थिए । उनको दाहासंकार मुम्बइमा नै गरिने पत्रकार गिरीले जानकारी दिएका छन् । उनलाई चलचित्रकर्मीले सामाजिक संजालमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वीएस थापा प्रविणता पत्र पास गरेपछि स्नातक गर्नका लागि लखनउ पुगेका थिए । उनले एलएलबीमा एम.बीए गरेका छन् । उनको वास्तविक नाम भीसमेन थापा हो । उनले पछि आफ्नो नाम वीएस थापा बनाएका थिए । एम.एमा एलएलबी गर्दै गर्दा तेश्रो बर्षमा उनले बिहे गरेका थिए । सरस्वती थापासँग पहिलो बिहे गरेका वीएसले केही बर्षमै श्रीमतीलाई गुमाएका थिए ।

३ छोरा र १ छोरालाई जन्म दिएपछि सरस्वतीको निधन भएको थियो । यसपछि उनले दोश्रो बिहे गरेका थिए । पिता नारायण सिंह थापा र आमा लक्ष्मी थापाको कोखबाट उनी जन्मिएका थिए ।

उनको जन्म  देहरादुनमा भएको थियो । वीएस परिवारका कान्छा छोरा थिए । उनलाई घरमा ‘भुन्टु’ भनेर बोलाउने गरिन्थ्यो । उनको ९३ बर्षको उमेरमा मुम्वर्इमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend