साझा नेटवर्क
साझा नेटवर्क, काठमाण्डौ श्रावण २४।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिए सगै बजारमा दिनप्रतिदिन थुप्रै नयाँ नयाँ तीजका गित आउन थालेका छन ।

कलाकारहरु यतिबेला तिजका गित गाउँन र गितको म्युजिक भिडियो बनाउन निकै व्यस्त छन। यसै क्रममा सुदुर पश्चिमका प्रतिभासाली गायक देलेन्द्र जोशीको तिज गित “माया लाई घुमाउन लाने हो” बजारमा ल्याएका छन् ।
साईराम पिक्चर्स प्रालिको प्रस्तुती रहेको मायालाई घुमाउन लाने हो गीतमा कमल जि.सीको लय, गोपाल खड़का र गायक जोशीकै शव्द सिर्जना रहेको छ । गायक जोशी र गायिका टिका पुनको स्वर रहेको उक्त गीतको भिडियोमा दिनेश थापा र लिला थापाको अभिनय रहेको छ ।
स्मृति तिमिल्सिनाको निर्देशन र सुरेस श्रेष्ठको छायाङकन रहेको भिडियो लाई दिपक बिष्टले सम्पादक गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend