logo
  • शुक्रबार, साउन ८ २०८३

दाङ देउखुरी समाजले गायिका केसीलाई सम्मान गर्यो


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कुमार “अविरल” पन्थी, कतार श्रावण २४।
दाङ देउखुरी सेवा समाज कतारद्वारा चर्चित लोक पप, आधुनिक तथा लोक गायिका एवम दङ्गाली चेली रीता केसीलाई एक कार्यक्रम बीच साम्मान गरेको छ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा कतारको निमन्त्रणामा कतार आएकी के.सी. सम्मानित भएकी हुन ।
rita samman
कार्यक्रम समाजका अध्यक्ष सुर्य सुवेदीको सभापतित्व तथा संस्थाका आजिवन सदस्य एवम व्यवसायी हरि रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार लुमाकन्त पुन, बसन्त फिल्मस्प्रा लिका प्रवन्ध निर्देशक तथा युवा समाज सेवी ईश्वर काफ्ले, चर्चित लोक पप, आधुनिक तथा लोक गायिका रीता केसी विशेष अतिथि रहेका थिए ।
rita saman
त्यसैगरी अतिथीमा समाजका दितीय उपाध्यक्ष हेम बस्नेत, यूवा व्यवसायी एवं पत्रकार दिपजङ्ग शाह, चर्चित लोक गायक गोपिकृष्ण पंगेनी,नेपाल पत्रकार महासंघका अध्यक्ष तथा समाजका वरिष्ठ सल्लाहकार गणेश प्रसाद बन्जाडे लगायतका व्यक्तित्वहरु रहेका थिए। सोहि कार्यक्रममा सस्थाका केन्द्रिय पधादिकारीहरु तथा रोजगारीको सिलसिलामा कतारमा रहेका दाङ बासीहरुको उपस्थिती रहेको थियो ।

सामाजका सास्कृतिक संयोजक, सर्जक तथा गायक सरद पाण्डे, सस्थाका वरिष्ठ सल्लाहकार गणेश प्रसाद बन्जाडे लगायतका वक्ताहरुले गायिका केसीको सांगीतिक यात्रा सफलताको कामना गर्दै समाजले कार्यक्रमका लागि नेपालबाट कतारमा आउने दङ्गाली तथा राष्ट्रिय कलाकारहरुलाई सम्मान गर्ने परम्परा रहेकोमा खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै गायिका केसीले आफुले पाएको यो स्वागत र सम्मान आफ्नो मात्र नभई सम्पुर्ण दाङ्गाली बासी र समग्र कलाकारीता क्षेत्रलाई नै सम्मान भएको बाताउदै खुशी व्यक्त गरिन । प्रसन्न मुद्रामा देखिएकी केसीले प्रदेशमा बसेर पनि आफु लगाएत नेपाली कलाकारहरुलाई सम्मान गर्दै नेपाली सस्कार र सस्कृतीलाई न्यानो माया दिएकोमा धन्यवाद व्यक्त गरिन ।

त्यसैगरी प्रमुख अतिथि रिजालले कला र संस्कृतीलाई जगेर्ना गर्ने प्रमुख दायित्वबाट हामी पन्छिनु नहुने बताउदै, कलाकार राष्ट्रियता जोगाउने संवाहक हुन् र सभ्य सस्कृतीको जगेर्ना गर्नु हामी सबैको दायित्व हो । राष्ट्रियता बलियो नरहेसम्म विश्वमै अपहेलित हुनु पर्ने छ भन्ने तर्फ यूवाहरु सचेत रहन पर्ने बताए ।

कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष तथा सभापति सुर्य सुवेदिले गायीका केसीको कला र गलाको उच्च प्रसंशागर्दै अगामी दिनमा साँगीतिक यात्रामा सधैं साथ रहेको बताउदै नमस्ते नेपाल हातेमालो समाजिक सस्था एवं बसन्त फिल्म प्रालिलाई यो अवसर जुराइ दिएकोमा विशेष धन्यवाद व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष वसन्त राज पुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई महासचिव लिलामणी लामिछानेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend