logo
  • शुक्रबार, साउन ८ २०८३

बालकृष्ण वाग्ले भन्छन् “मेरी बुढीको रिसै तगडा”


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बिनोद ढुंगाना,पोखरा श्रावण २४।

“बोल्नै हुन्न पाखुरी सुर्काउछे
माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा
शंकै शंकाले लंका जलायो,

कुरा नबुझेसि कस्को के लायो
गर्दिन म भन्दानि हुन्छ झगडा

आफ्नी श्रीमतीको बारेमा अरुसँग नकरात्मक कुरा गर्दा प्राय श्रीमानले यस्तै भन्छन् । तर यि शब्दहरु भने प्रतिभाशाली गायक बालकृष्ण वाग्लेले यसबर्षको तिज लक्षित गर्दै बजारमा ल्याएको गीत “मेरी बुढीको रिसै तगडा”मा समावेश शब्द हुन ।
Meri Budiko Risai Tagada
श्रीमान श्रीमती बीच शंकै शंकाले उत्पन्न हुने मनमुटावलाई गितको शब्दले व्यक्त गरेको छ । प्रतिभाशाली गायक बालकृष्ण वाग्ले र चर्चित गायिका टिका पुनको स्वर रहेको गीतमा संकलन गायक वाग्लेको नै छ । गीतको बारेमा गायक वाग्ले भन्नुहुन्छ – “हाम्रै घरगाउमा प्राय परिवारमा श्रीमान श्रीमतीबीच शंकाका कारण दैनिक घट्ने घटना मैले मौलिक रुपमा गीतको रुप मात्रै दिएको हूँ ।

पक्कै पनि यस गीतले मेरो अघिल्लो प्रस्तुति फुल फुलेको डालीले जस्तै श्रोता दर्शकहरुको माया पाउने छ ।” कपिल लामाले निर्देशन गर्नुभएको भिडियोलाई हास्यव्यंग क्षेत्रका चर्चित कलाकारहरु निर्मली, दर्शने, सरापे र अनिताको अभिनयले उत्कृष्ट बनाएको छ । गीत कामना डिजिटलबाट बजारमा आएको हो ।

भिडियो हेर्नुहोस। 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend