logo
  • शुक्रबार, साउन ८ २०८३

लमजुङ धमाकाको पुर्व तयारी सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

दिलीप पराजुली, कतार ।
“सुख दुखको साथ, लमजुंग सेवा समाज“ भन्ने मूल नारा बोकेको लमजुंग सेवा समाज कतारले आउने इदको पहिलो दिन नेपाल बाट चर्चित लोक दोहोरि गायक राजु परिवार लगाएतका कलाकार ल्याएर लमजुंग धमाका गर्दैछ ।आफ्नै जिल्लाका कलाकारहरुलाई दोहामा ल्याएर कार्यक्रम गर्न लागेको यो पहिलो पटक हो ।
13921183_976259622483558_1483460639569246427_n
सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सस्थाका सचिव अर्जुन सेडाईले स्वागत मन्तव्य राखेका थिए भने युबराज गुरुङ,पूर्ण पोखरिया,सुसिल खड्का,कृष्ण बराल आदिले कार्यक्रमको बारेमा आ आफ्नु विचार राखेका थिए । लमजुङ जिल्लामा प्राविधिक शिक्षा विकासको लागि इस्लाम धर्मावलम्वीहरुको महान पवित्र पर्व बकर इदमा यो लमजुङ धमाका तथा बृहत सांगीतिक कार्यक्रमको आयोजना तयारी गरेको हो ।
13957020_1257577064253370_2067204423_n
नेपालबाट आउने कलाकारहरुमा वरिष्ठ लोकदोहोरी गायक राजु परियार लगायत, चर्चित लोक दोहरी गायिका देविका के सी, नायिका तथा मोडल अस्मी गुरङ, लोकदोहोरी गायिका उमा गिरी, तथा हास्य कलाकार माधव त्रिपाठी, नायिका तथा मोडल सारिका घिमिरे, पप गायिका तथा मोडल स्मृति पोखरेल, गायक तथा कार्यक्रम उद्घोषक चोलेन्द्र पौडेलका साथै लमजुंग भित्रका र बाहिरबाट दोहामा रहेका स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने कुरा आयोजकले बताएको छ ।

निकै सुविधा सम्पन्न रेजेन्सी हलमा आयोजना गर्न लागिएको यो कार्यक्रमका लागि दश जना संयोजक बनाई कार्य वितरण समेत गरेको छ । कार्यक्रम दुइ चरण गरि देखाइने छ, पहिलो सो १२ – ३० देखि ५ बजे सम्म र दोश्रो सो साझ ६ बजे बाट १०—३० सम्म हुने छ । निकै लमजुंगेको बिचमा भएको उक्त कार्यक्रम दोहाको भुइयान रेस्टुरेन्टमा भएको थियो । कार्यक्रमलाई प्रोजेक्टर मार्फत लमजुङ सेवा समाज कतारका महासचिव सिताराम थापाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend