साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची श्रावण २३।
अर्घाखाँची जिल्लाको भगवती ४ मा रहेको संघर्शील युवा क्लबले भगवती गा.बि.स.का नौ वटै वार्ड लाइ बिरामी बोक्ने इस्टेचर र सोहि गाबिसका दलित हरुका लागि आरानमा प्रयोग गरिने पंखा गाबिसको एक कार्यक्रम बीच वितरण गरेको छ ।

क्लबका अध्यक्ष घनश्याम पाण्डेले उक्त गाबिसका सबै वडाका वडा नागरिक मंचका संयोजकहरुलाई जिम्मेबार बनाइ गाबिसका राजनीतिक पार्टी प्रतिनिधिहरु र समाजसेबीहरुको रोहोभरमा वितरण इस्टेचर वितरण गर्नु भएको हो ।
कार्यक्रममा भगवती गाबिस सचिब तथा गाबिस प्रमुखको प्रमुख आतिथ्यता स्थानीय समाजसेबी,बुद्धिजिबी,पत्रकारहरुको आतिथ्यता रहेको कार्यक्रम संचालन क्लबका सचिब नमराजा पाण्डेले गर्नु भयेको थियो । कार्यक्रममा बोल्दै राजनीति पार्टी प्रतिनिधिहरुले क्लबले पहिले देखि नै यस्ता सामाजिक कामहरु गर्दै आएको र यसले सामाजिक बिकाशमा थप टेवा पुगेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend