साझा नेटवर्क
टेक राज थापा, कतार श्रावण २३ ।
अर्घाखाँची सेवा समाज कतारको छैठौ नियमित मासिक बैठक ०५ अगस्ट २०१६ का दिन अध्यक्ष युबराज पाण्डेको अध्यक्षतामा केदार नाथ भुसालको सञ्चालनमा अर्घाखाँची बासीहरुको व्यापक उपस्थितिमा बैठक सम्पन्न गरेको छ ।
उक्त बैठक ले २१ जुलाई २०१६ का दिन अर्घाखाँची सेवा समाज द्रारा एम्बुलेन्स सहयोगार्थमा भाग्यसाली चिट्ठा कार्यक्रमको समिक्षा गर्दै सो कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्न सुझाब, सल्ला, सहयोग गर्नु हुने सम्पूर्ण कार्यसमितिका साथीहरु, सल्लाकार ज्युहरु सम्पूर्ण बुद्धिजीबी, समाजसेवी, व्यवसायी, पत्रकार, अर्घाखाँची तथा गैर अर्घाखाँची दाजु भाइ तथा दिदि बहिनि हरुमा हार्दिक धन्यवाद प्रस्ताव पारित गरेको थियो ।
उक्त बैठकले देशमा अविरल वर्षापछि आएको बाढीबाट सबैभन्दा बढी प्रभावित प्युठान जिल्लालाई प्युठान सेवा समाज दोहा कातारले संचालन गरेको सहयोग अभियानमा क रि ४२२ सहयोग गरेको थियो । अर्घाखाँची बागी निबासी असाय मुटुरोगी हिमा खड्कालाई क रि ८३२ सहयोग गरेको छ । अर्घाखाँची सेवा समाज सामाजिक कार्यमा मात्र नभई खेलकुद तथा अतिरिक्त कार्यमा पनि सहभागिता जनाई रहेको छ ।
यसै सिलसिलामा गत जुलाई २०१६ मा तमु समाज कतारले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता अर्घाखाँची सेवा समाजले सहभागिता जनायको थियो उक्त खेलमा सभागिता जनाउने खेलाडीहरु लाई हार्दिक कृतज्ञता ज्ञापन गरेको थियो साथै खेलकुद संयोजक बिष्णु छेत्री ज्युलाई धन्यवाद ज्ञापन गर्दै अझ भोलिका दिनहरुमा सस्थाले दिएको खेलप्रतिको जिम्बरी ससक्त बनायर लैजान हौसला प्रदान गरेको थियो ।
व्यापक रुपमा अर्घाखाँची बासीहरुको उपस्थितिमा अर्घाखाँची सेवा समाजले गरेका सामाजिक कार्यहरुको समिक्षा गर्दै अब आउने दिनहरुमा ससक्त बनायर लैजानु पर्ने मा सबैले जोड दियका थिय ।
कार्यक्रममा प्रथम उपाध्यक्ष्य श्री ठाकुर कुमार परियारबाट स्वागत मन्तब्य तथा सेवा समाजले गरेका गतिबिधिहरुको जानकारी गराउदै सुरु भएको कार्यक्रम सचिब टेकराज थापा , कोषाध्यक्ष रामप्रसाद पराजुली, बिष्णु कुँवर , बोम बहादुर बस्नेत , बिष्णु भुसाल , बलराम पाण्डे लागाय ले आफ्नो मन्तब्य राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend