logo
  • शनिबार, साउन ९ २०८३

नमस्ते नेपाल भवन निर्माणार्थ कतारमा साँस्कृतीक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

घनश्याम पराजुली, कतार श्रावण २३।
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले नेपालमा भवन निर्माणका लागी कतारमा साँस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कतारको बिन ओम्रानको स्थित द गार्डेन भिलेज रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा उठेको रकमबाट नेपालमा संस्थाको भवन निर्माणका लागी सहयोग गर्ने संस्थाका अध्यक्ष रमेश दर्नालले जानकारी दिए ।
IMG_1322 copy
भवन निर्माणका लागी कतार शाखाले कती रकम पठाउने भन्ने बारेमा कार्यक्रमको समिक्षा बठैकले निर्णय गर्ने छ । उनले भने ‘हामीले पत्रकार सम्मेलन गरेर पठाउने रकम बारे जानकारी दिने छौ । ‘मनोरन्जन , परोपकार , लगानीको क्षेत्र पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान’ भन्ने नाराका साथ स्थापना भएकोे कतार शाखाले भवन निर्माणको सहयोगार्थ पहिलो प्रस्तुतीको रुपमा साँस्कृतीक कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष रमेश दर्नाले सभापतित्व गरेको कार्यक्रममा समाजसेवी तथा व्यवसायी माया केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
IMG_1325 copy
कार्यक्रममा बोल्दै केसीले भनिन् ‘बैचारिक ,सामाजिक अनि ब्यक्तिगत तवरमा पनि संगीतलाई माया र सम्मान गर्दै कार्यक्रममा यती धेरै जना उपस्थित भैदिनुभएकोमा अत्यन्त खुसी लाग्यो । म सर्जकको सम्मान गर्ने मान्छे, उहाँहरुको सृजनालाई माया गर्ने मान्छे, नमस्ते नेपाल हातेमालो सँस्था पनि कलाकार र कलाको सम्मानार्थ अगाडी बढेको सँस्था भएकोले सँस्थाका हीतका खातिर सदैव सँस्था सँगै छु र हुनेछु।’
IMG_1327 copy
कार्यक्रमका लागी नेपालबाट लोक, पप तथा आधुनिक गायिका रिता केसी साथै युएईमा बस्दै आएका लोकदोहोरी गायक गोपीकृष्ण पंगेनी कतार आएका थिए । साँस्कृतीक कार्यक्रमका लागी आएका कलाकारहरुलाई संस्थाले सम्मान गरेको थियो । राष्ट्रिय गान, दिप प्रज्वलन, मौन धारण र व्यानरण अनावरसँगै उद्घाटन गरेको कार्यक्रमलाई अबु अलीले सन्चालन गरेका हुन ।
IMG_1328 (2) copy
निशा ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सांगीतीक कार्यक्रमलाई शरद पाण्डेले सन्चालन गरेका थिए । कार्यक्रममा विशेष अतिथी संस्थाका संस्थापक प्रथम उपाध्यक्ष हिमलाल शर्मा , बसन्त फिल्मस् प्रालीका प्रबन्ध निर्देशक ईश्वर काफ्ले , समाजसेवी बिमल सुबेदी , एनआरएनए आईसीसी सदस्य हंसराज ढकाल क्षेत्री , एनसीसी कतारका कोषाध्यक्ष भेषराज पराजुली लगायत कतारमा स्थापित विभिन्न बैचारिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
IMG_1342 copy
भत्कियो घर उढायो छानो , प्रदेशिको आफन्तै बिरानो
IMG_1393 copyप्रदेशी म प्रदेशमै हुन्छु दुई घर आउनी हो , यो मरुभुमीमा सम्झेर किन माया लाउनी हो । भत्कियो घर उढायो छानो , प्रदेशीको आफन्तै बिरानो । पानी पर्यो भिजायो बाली ,सधै गर्थे त्यो उकाली ओराली भन्दै सालैजो भाकामा प्रवासी नेपालीहरुको मन छुने गीत मार्फत आफ्नो प्रस्तुती राखेका गायक गोपीकृष्ण पंगेनीलाई कतारका दर्शकहरुले औधी रुचाए ।

प्रवासमा बस्दै आएका उनले यहाँका नेपालीहरुको यथार्थलाई समेटेर गीत गाए । ‘रुदै रुदै प्रदेशी भए म , पैसा कमाई पठाउछु भनेर । तिम्लाई छाडी आउथे र म किन सिन्दुर बाहेक केही दिन सकिन । तिम्लाई सुख कटाउछु भनेर रुदै रुदै प्रदेशी भए म ।’ जस्ता शब्दहरु बुनेर गीत गाएका उनले धन कमाउने आशामा खाडी मुलुक कतार पसेका युवाहरुको मनमुटुमा बस्न सफल बने । सालैजो , रोईला र लोकदोहोरी गीत मार्फत उनले दर्शकहरुलाई नचाए । उनले ‘जिम्मुवाल बाको आगनीमा’,‘शिरमा ढाका टोपी’ र ‘हावा चल्यो सरर’ जस्ता गीतहरु मार्फत हप्ता दिनको थकान मेट्न कार्यक्रममा उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरे ।
IMG_1452 copy
कार्यक्रममा नेपालबाट आएकी गायिक रिता केसीले जन्म घरको सम्झनामा ‘यो हो मेरो प्राण भन्दा प्यारो माईती घर’ बोलको गीतबाट आफ्नो प्रस्तुती राखिन । लोक , पप र आधुनिक गीतमा आफ्नो स्वर दिईसकेकी उनले लोकदोहोरी , झ्याउरे र तीजको गीत मार्फत दर्शकहरुलाई नचाईन । उनले ‘ कम्मरै पनी क्या साह्रो कसिलो’ र ‘जय शिव सम्भो बम बम बम ’ जस्ता गीतले कतारका दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन् ।
IMG_1461 copy
कार्यक्रममा कतारमा बस्दै आएका कलाकारहरुको बजोड प्रस्तुती रहेको थियो । ‘यो हो मेरो माईती घर’ बोलको गीतमा सन्चोमाया तामाङ्गले स्वागत नृत्य प्रस्तुत गरिन । त्यस्तै गैर आवासीय नेपाली ताराको नृत्य बिधाका विजेता अजय परियाले ‘ओई झुम्मा, झुमा झुम्कावाली’ बोलको गीतमा नृत्य प्रस्तुत गरे । रिमा लामाले भिउडोको कोठी र बजाईदेउ मादलु बोलको गीतमा नृत्य प्रस्तुत गरिन । कार्यक्रममा किरण लामा , सविना लामा , लोकेश बिसी , तुफान काफ्ले , रेशम परियार र रामबाबु बोहोरा लगायतका कलाकारहरुको सांगीतीक प्रस्तुती रहेको थियो ।
IMG_1370 copy
गायक शिव पौडेल र गायिका सुस्मा पुनले ‘जाउला घुम्न सरर आँधी ’ बोलको गीतमा दोहोरी गाए । पप गायक दामोदर न्यौपानेले ‘हाम्रो समय साच्चै रमाईलो’ बोलको गीत गाएर युवाहरुलार्इृ मनोरन्जन प्रदान गरे । कार्यक्रममा हाँस्य कलाकार गुल्मेली माग्ने बुढो भनेर चिनिने सुरज बिसीले तीजका गीतलाई व्यङग्य हाने ।
IMG_1378 copy
दिउसो २ बजेपछी शुरु भएको कार्यक्रमलाई साझँ अवेर सम्म दर्शकहरुले धैर्यताका साथ प्रर्खिए । विभिन्न देशमा स्थापना भईसकेको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको दोश्रो शाखाको रुपमा कतार शाखा सक्रिय रहेको छ ।

IMG_1559 copy

.

IMG_1549 copy

.

IMG_1439 copy

.

IMG_1438 copy

.

IMG_1367 copy

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend