साझा नेटवर्क
संगीता कुँवर टोकियो श्रावण २२।
“अतिथि देवः भव ”भन्ने नाराका साथ आज टोकियोको योयोगी पार्कमा, नेपाल फेस्टिवल सुरु भएको छ । एनआएनए जापानद्वारा जापानी समुदायमा नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित दुईदिने नेपाल फेस्टिवलको आज औपचारिक उद्घाटन गरिएको हो ।

फेस्टिवलको, प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, जापान सरकार परराष्ट्र मन्त्रालय दक्षिण एसिया विभागका प्रमुख अरियोसी ताकासी, एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्ट, एनआरएन जापाननैपालका लागि जापनी पूर्व राजदुत,जापानी कलाकारहरु,नैपाल का अध्यक्ष सुदन थापा,पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल लगायतका व्यक्तित्वहरुले सामुहिकरुपमा उद्घाटन गरे का थिए । आज र भोलि दुईदिन सम्म चल्ने यो मेला नेपाल फेस्टिवलको नवौँ संस्करण हो ।

कार्यक्रमका वक्ताहरुले,विगत देखिनै नेपाललाई जापानी समुदाय बीच चिनाउने र नेपालको पर्यटनमा टेवा पु¥याउने मुल उद्देश्यका साथ सुरु भएको मेलाले नेपाल र जापान विचको सम्बन्धमा सुमधुरता ल्याउँदै नेपालका विविध सम्भावनाहरुलाई उजागर गर्ने कुरालाई जोड दिए । साथै उपस्थित जापानी अतिथिहरुले, यस्ता कार्यक्रमहरुका कारण आफुहरु नेपाल र नेपाली कला संस्कृतिसंग नजिक भएको अभिव्यक्ति राख्दै,कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा २२ वटा नेपाली परिकार सहितका स्टल तथा ३० वटा सेवा मुलक कम्पनी तथा सामाजिक संघसस्थाको स्टल रहेका छन। त्यस्तै थप १० वटा स्टलमा नेपाली पहिचान झल्कने नेपाली पोसाक, फोटो प्रर्दशनीका साथै मेहन्दी लगाउने, नेपाली पोसाक लगाएर तस्वीर खिचाउने लगायतका स्टलहरु छन ।
यसका साथै,नेपाली मौलिक कला संस्कृतिहरुको प्रतिनिधित्व गर्ने,पञ्चे बाजा,लाखे नाच,नेवारी समुदायको धिमे बाजा,गुरुङ समुदायहरुको नाँच लगायतका प्रस्तुती रहेका छन् । आज मध्यान्हबाट औपचारिक सुरुवात भएको मेलामा उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति देखियो । कार्यक्रम १२ बजेबाट सुरुवात भएपनि मानिसहरु भने दसै बजे देखि मेला स्थानमा बाक्लो संख्यामा उपस्थीत भएका थिए ।
टोकियोको उखरमाउलो गर्मीका बाबजुत पनि नेपाली तथा जापानीका साथै अन्य मुलुकका उल्लेख्य अवलोकन कर्ताहरु पुगेका थिए । विगतका कार्यक्रमहरुमा भन्दा पनि बढि अवलौकन कर्ताहरु आएकौ आयोजक संस्थाको दावी छ । अझ, भोलि आईतबार भएकालै जापानी तथा अन्य मुलुकका अवलोकनकर्ताहरुको भिड निकै बढ्ने सम्भावना रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend