साझा नेटवर्क
कुमार “अविरल” पन्थी, काठमाडौँ श्रावण २२।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिक आइरहदा कलाकारहरुलाई तिजको चटारोले भ्याइनभ्याइ छ । कलाकारहरु यतिबेला तिजका गित गाउन र म्युजिक भिडियो बनाउनमा व्यस्त छन।

कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुका फरक फरक किसिमका तिज गितहरु बजारमा निकाली रहेका छन । पछिल्लो समय तिजका गितहरु अलिक भिन्न तथा उताउला दुरुस्तै रतौली जस्ता आउन लागेका छन । बजारमा छोटो समयमा चर्चा पाउन यस्ता गीतहरु निर्माण गरिएको प्रसस्त भेटिन्छन ।
वसन्त फिम्लस प्रा.लि.को प्रस्तुतिमा गायक दुर्गा बि. सि.को फरक खालको तिज गित “एउटी गर्लफ्रेन्ड चाहियो” नामक एल्बम बजारमा आएको छ । गत हप्ता मात्र गायक बिसीको उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको हो ।
गायक तथा सर्जक मधुसुदन डागी द्वारा रचित उक्त गीतमा गायक दुर्गा बि.सि. र चर्चित गायिका राधिका हमालको स्वर रहेको छ। चर्चित लय सङ्कलक नरेश खाती क्षेत्रीले लय शृजना गरेका छन । प्रकाश भट्ट द्वारा निर्देशीत उक्त गीतको भिडियोमा नरेस वीर सिङ र रिना थापा मगरको अभिनय रहेको छ । करन चैसिरको छायांकन तथा विष्णु शर्माको सम्पादन रहेको गितलाई वसन्त फिल्मस प्राली काठमाडौले बजार व्यवस्थापन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend