logo
  • शनिबार, साउन ९ २०८३

अभियान सहकारीको साधारण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल पौडेल, बागलुङ श्रावण २२ ।
अभियान कृषि तथा पशुविकास सहकारी संस्था लि. रिघा बागलुङको चौथो वार्षिक साधारण सभा रिघा गाविस प्रांगणमा सम्पन्न भएको छ।

20160806_144009कार्यक्रममा पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र राज पन्थी, रत्न लक्ष्मी उच्च मावि रिघाका प्राचार्य दामोदर शर्मा, सहायक प्राचार्य तुल वहादुर श्रीस, नेपाली काग्रेस रिघाका सभापति चन्द्र वहादुर श्रीस, नेकपा एमाले रिघाका अध्यक्ष धिरेन राजवंशि, नेकपा माओवादी केन्द्र रिघाका टंक खरेल, रिघा वचत तथा ऋण सहकारीका जयलाल वि.क., संस्थापक अध्यक्ष सल्लाहकार राम वहादुर वि.क. लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष देव वि.क.ले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दिपक थापाले ६० लाख वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष देव वि.क.को अध्यक्षता, सहसचिव दिपक श्रीसको स्वागत मन्तव्य तथा संस्थाका सचिव दान वहादुर श्रीस र सदस्य डम्वर श्रीस को संचालनमा सम्पन्न भएको थियो । ४ वर्ष पहिले स्थापना भएको सहकारीले रिघामा कृषि तथा पशु सम्वन्धि विविध कार्यक्रम संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend