logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल रेडक्रस सोसाईटि उपशाखा खर्वाङद्वारा वाढि पिडितलाई राहत वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ श्रावण २२ ।
नेपाल रेडक्रस सोसाईटि उपशाखा खर्वाङको संयोजनमा ग्वालीचौर तथा भिमगिठेका वाढि तथा पहिरो पिडितलाई राहत वितरण गरिएको छ।
20160806_131038
ग्वालीचौर १ र २ का मोहलाल तिवारी, नारायण थापा, सुन्तली गौतम, माया परियार, मित्रलाल आचार्य, गोपाल गिरि, शेर वहादुर रायमाझि, झविन्द्र आचार्य, र एम वहादुर घिमिरे तथा भिमगिठे वार्ड नं. ८ का टंक वहादुर के.सि., मिन वहादुर थापा, थम्मन माकिम, निरज श्रेष्ठ, अर्विन श्रेष्ठ, दल वहादुर अर्गेजा, टेक वहादुृर अर्गेजा र वार्ड नं. ९ नर वहादुर थापालाई प्रतिपरिवार २ हजारका दरले ३४ हजार वितरण गरिएको हो ।

20160806_152043राहत वितरण कार्यक्रममा भिमगिठे गाविसका निवर्तमान अध्यक्ष क्षेत्र प्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटि उपशाखा खर्वाङका सभापति विष्णु प्रसाद भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद कमल पौडेल, उद्योग वाणिज्य संघ वुर्तिवाङ एकाईका खगिश्वर अर्याल, खर्वाङ वजार व्यावस्थापन समितिका कोषाध्यक्ष विष्णु केसि, रेडक्रस उपशाखा खर्वाङका कोषाध्यक्ष शिवलाल वन, युवा घिरज धिताल, लगाएतलको सहभागिता रहेको थियो ।

राहत वितरण कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाईटि उपशाखा खर्वाङका सचिव होमनाथ अर्याल तथा सदस्य नारायण धितालले गर्नुभएको थियो । गत श्रावण १० गते राति आएको वढिघाटको वाढि तथा ग्वालीचौरमा माथिवाट आएको पहिरोले घरवार विहिन भएका पिडितहरुको लागी राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend