logo
  • शनिबार, साउन ९ २०८३

गायक लम्सालको तीज गीत “पल्टनमा भर्ति भएर..


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी श्रावण २२ ।
गुल्मेली गायक सन्तोष लम्सालले गाउँले शैलीको तीज गीत लिएर बजारमा आएका छन । हास्य व्यंग्य तथा लोक गीतको क्षेत्रमा लामो समय देखि क्रियाशिल उनले पल्टनमा भर्ति भएर नामक तीज गीत लिएर आएका हुन् । लम्सालकै शब्द तथा लय संकलनमा उक्त गीत बजार आएको हो ।

1शिव दर्शन डिजिटलबाट बजारमा आएको उक्त गीतमा लम्साल र देवि घर्तिले स्वर दिएका छन् । लम्सालले पछिल्लो समय समाज विक्रिमूलक गीतहरू आएको आफूले मौलिक गीतको लागि प्रयास गरेको बताए । तिजको बेला महिला दिदि वहिनीहरु जम्मा भएर गाउँमा गाउने पुरानो भाकालाई संरक्षण र नयाँ पिडिले पनि अधिका गितहरु यस्ता हुन्छन भन्ने सुनाउन र कला संस्कृतिको संरक्षण गर्न यो गितले निकै महत्व रहेको गायक लम्सालले बताए ।

बजारमा धेरै सामाजिक बिकृति भित्राउने खालका आइरहेको बेला उनको गित सार्वजनिक भएलगत्तै बजार निकै चर्चा चलेको छ । तिजका गित कस्ता हुन्छन भन्ने नसुनेका जो कोहिले यो गित सुने तिजका गितको यथार्थ बोकेको उनले बताए । उनले भने ‘यो गीत अर्गानिक गीत हो भन्दा पनि फरक नपर्ला,’ उनले भने, ‘गाउँघरे शैलीमा निर्माणको भएको यो गीत सुनेर,हेरेर दर्शक श्रोताले पक्कै साथ दिनुहुन्छ ।

हेरौं भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend