साझा नेटवर्क
साझा नेटवर्क, काठमाण्डौ श्रावण २२।
म्याग्देली डिजिटल एण्ड मल्टि मिडिया सेन्टरको प्रस्तुतीमा रहेको तिज बिशेष गीत “यसपाली तिजमा सँगसँगै नाँचौ” भर्खरै मात्र बजारमा आएको छ । जुन गीतमा प्रकाश बराईली “अभिब्यक्ती” को शब्द रचना र रमेश बिक्रम रत्नको लय रहेको छ ।
गीतमा प्रकाश बराईली “अभिब्यक्ती” ले पहिलो पटक स्वर दिएका छन् भने सिर्जु अधिकारीले स्वरमा साथ दिएकी छिन् । उक्त गीतमा प्रकाश बराईली “अभिब्यक्ती” को निर्देशन रहेको छ भने बिरेन्द्र भाट बिपिन र रोशन भाटको छायाङ्कन रहेको छ । सो भिडियोलाई रबिन थापा मगरले कोरियोग्राफी गरेका हुन् ।
बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको “यसपाली तिजमा सँसँगै नाँचौ” मा प्रकाश बराईली “अभिब्यक्ती” र शोभा त्रिपाठीको अभिनय रहेको छ । यस गीतलाई छोटो समयमा नै दर्शक श्रोताले रुचाएका छन् । उक्त गीतलाई भने सुनिल बराईली र बिजय रामदामले बजार ब्यवस्थापन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend