-आरबी खड्का, भारत।
गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना छ!देशले गरिबीको चंगुलबाट मुक्ति खोजिरहेका बेलामा तपाईं प्रधानमन्त्री हुनु भएकोमा देश बिदेश का प्रवासी आदरणीय जनता हरु धेरै ख़ुशी छन !
विगतका गुनासा, भविष्यका सम्भावना र वर्तमानका चुनौती धेरै छन कमरेड सुरुवात कहाँ र कसरी गर्ने, कुन कुरा आम जनताका लागि प्रमुख हो भन्नेतर्फ सम्वेनशील हुन जरुरी छ !जब देशले फड्को मार्ने अवस्था आउँछ, नयाँ र रूपान्तरणकारी कदम चाल्नुपर्ने हुन्छ । सिंगो देश अग्रगामी निर्णय गर्न डराउँछ र यथास्थितिमा रमाउँछ अनि सधैं परिवर्तन भएन भनेर गुनासो गर्छ ।
परिवर्तनसँग असुरक्षा महसुस गर्छ । यो नेपाल को राष्ट्रिय संस्कृति बनेको छ । प्रधानमन्त्रीज्यू देशमा क्रमभंगता चाहिएको छ र त्यसको नेतृत्व गर्ने सरकार चाहिएको छ । सरकार भन्नेबित्तिकै पार्टी, नातागोता, पैसावाल र शक्तिवालभन्दा माथि हो । यो देश र जनताका लागि हो भन्ने सरकार चाहिएको छ ।
निकै आधारभूत तहमा रहेका हामीजस्ता देश बिदेश बस्ने जनतालाई समृद्धिको सपना देखाउने र ती सपना साकार गर्न अभिप्रेरित गर्ने सरकार चाहिएको छ । के त्यस्तो सरकार हामी तपाईंबाट आस गर्न सक्छौँ ? नेपाली जनताको आशा भरोसा मुख्य गरी शान्ति प्रक्रिया, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणका हकमा राष्ट्रिय समझदारी कायम गर्न सक्नुहुनेछ ।
यसैगरी जनताको गाँस, बास र कपासको समस्या हल गर्न केही पूर्वाधार या आधार निर्माण गर्ने काम तपाईले गर्न सक्नुहुने छ । तपाईको कार्यकालमा सबै कुरा सम्भव नहोला, तपाईको कार्यकालको सफलता हुने छ । फेरी पनि सफल कार्यकाल र सवृद्ध नेपालको शुभकामना ! लाल सलाम आदरणीय कमरेड प्रचण्ड लाई ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend