logo
  • शनिबार, साउन ३० २०८३

विविध साँस्कृतिक कार्यक्रमका लागि कलाकार कतार आइपुगे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
नमस्ते नेपाल भवन निर्माण सहयोगार्थ कतारमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रमका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरु कतार आइपुगेका छन । नेपालबाट लोक पप, आधुनिक तथा चलचित्रकी गायिका रिता केसी र दुवईबाट लोक तथा दोहोरी गायक गोपीकृष्ण पंगेनी कतार आइपुगेका हुन ।

13941088_10154412062863599_1865501121_n“मनोरन्जन, परोपकार, लगानीको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको पहिचान” भन्ने नाराका साथ कतारमा स्थापित भएर सक्रिय रहेको अन्तर्राष्ट्रिय संस्थाको यो सास्कृतिक कार्यक्रम पहिलो प्रस्तुति हो । विभिन्न मुलुकमा छरिएर रहेका प्रवासी नेपालीहरुको नेतृत्वमा सन्चालित संस्थाले आफ्नो भवन निर्माण गरी कार्यालय संचालन गर्नका लागि कतारमा नमस्ते नेपाल भवन निर्माणार्थ साँगितिक कार्यक्रमको आयोजना गरेको हो ।1

कार्यक्रममा लोक पप, आधुनिक तथा चलचित्रकी गायिका रिता केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनीको धमाकेदार प्रस्तुतीहरु रहनेछन । सोही कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुका पनि बिभिन्न प्रस्तुतीहरु रहने छन । अगष्ट ५ तारीख शुक्रबारका दिन कतारको विन ओम्रान स्थित गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा स्थानीय समय अनुसार अपरान्हको १ बजे देखि सुरु हुँने कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend