logo
  • शनिबार, साउन ३० २०८३

मञ्जुको “हाँसोमा” सन्तुको “मोहनी” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी श्रावण २०।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व आउँन केहि दिन बाँकी रहदा कलाकारहरुलाई भने तिज पर्वले लागेको छ । कलाकाहरुले तिज गित रेकर्ड तथा म्युजिक भिडियो निर्माण छायाँङकनमा व्यस्त रहदा उनिहरुलाई तिज पर्वले छोएको छ ।

321 लोकप्रिय गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको २०७३ सालको नयाँ तिज गित “मोहनी हासोमा” सार्बजनिक भएको छ । गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको सुमधुर स्वरले सजिएको उक्त गितमा गितकार शिब हमालको शब्द र खेम सेन्चुरीको लय रहेको छ । तिज पर्वलाई झल्काउँदै मायाँ प्रेममा आधारितमा रहि तयार गरिएको उक्त गितका गायिका मञ्जु पौडेलले बताउनु भयो ।

तिज पर्वमा महिला दिदि बहिनीहरु मिली एक आपसमा सुख दुख साट्दै गाउँने प्रचलनलाई निरन्तरता दिन यो गितले पनि थप झजल्काउँले गायक सन्तु थापाको भनाई छ । गत वर्ष पनि गुल्मीमा छायाँङकन गरिएको गित धेरै दर्शक श्रोताले मनपराएकोले उहाँहरुको माग अनुरुप फेरि पनि गुल्मीमै छायाँङकन गरिएको गायक सन्तु थापाले बताउनु भयो । गत वर्षको तिज गित जस्तै यस वर्षको गितलाई पनि धेरै दर्शक श्रोताले मनपराउँने गायक थापाको भनाई छ ।

तिज पर्वलाई मध्य नजर राख्दै गुल्मीमा पनि केहि वर्ष यता तिजका गितहरु छायाँकन हुन थालेका छन् । गत वर्षको तिजमा पनि जिल्लाको सदरमुकाममा केहि तिजका गितहरु छायाँङकन भएका थिए भने यस वर्षको तिज पर्वको लागी पनि गुल्मीमा आदा दर्जन तिज गितका म्युजिक भिडियोहरुको छायाँङकन भएका छन् । जिल्लाको सदरमुकामका बिभिन्न मन्दीरहरु तथा पार्कहरुमा तिजका गितहरु छायाँङकन हुने गरेका छन् ।

मञ्जु र सन्तुको उक्त तिज गित बि.एम. एस म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गितको म्युजिक भिडियोको निर्देशन लोकप्रिय निर्देशक,मोडल शंकर बिसीले गर्नुभएको छ । गितमा गुल्मेली महिला दिदि बहिनी संगै मोडलहरु शंकर बिसी, बिजय थापा र मोडल रस्मी तामाङ्गलाई देख्न सकिन्छ । गितको म्युजिक भिडियोको छायाँङकन राजेश घिमिरेले गर्नुभएको छ ।


हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend