logo
  • शुक्रबार, असोज ९ २०८३

हुम्लामा मकालु एयरको विमान दुर्घटना, दुई चालक गम्भीर घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, श्रावण २० ।
मकालु एयरको विमान हुम्लामा दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र प्रशान्त शाह गम्भीर घाइते भएका छन् । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३:३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा नदी किनारमा खसेको थियो। सिंगल इन्जिन विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको हो ।
Singleengine-Makalu-Air-9N-AKC-Aviationnepal
विमान नदीमा खसे पनि चालकद्वय लामा र शाह भने बाँच्न सफल भएका छन् । दुवैलाई सिम्रिक हेलिकम्पटरबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । विमान हुम्लामा सामान पुर्‍याएर रित्तै फर्किरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend