logo
  • शनिबार, साउन ३० २०८३

नमस्ते नेपाल भवन निर्माणार्थ साँस्कृतिक कार्यक्रमको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
नमस्ते नेपाल भवन निर्माण सहयोगार्थ कतारमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । “मनोरन्जन, परोपकार, लगानीको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको पहिचान” भन्ने नाराका साथ गठित अन्तर्राष्ट्रिय संस्थाको कतारमा पनि केहि बर्ष देखि शाखा स्थापना गरि सक्रिय रूपमा सन्चालन गरिएको छ ।
namaste nepal progr.
विभिन्न मुलुकमा छरिएर रहेका प्रवासी नेपालीहरुको संस्थाले यस अघि नै काठमाण्डौको नयाँ बसपार्कमा मुख्य कार्यालय स्थापनार्थ जग्गा खरिद गरिसकेको छ । सोहि जग्गामा भवन निर्माण गरी कार्यालय संचालन गर्नका लागि कतारमा नमस्ते नेपालले भवन निर्माणार्थ साँगितिक कार्यक्रमको आयोजना गरिएको नमस्ते नेपालका प्रमुख सल्लाहकार इश्वर काफ्लेले जानकारी दिए ।

कार्यक्रम भोलि अगस्ट ५ तारिख शुक्रवारका दिन कतारको विन ओम्रानको स्थित गार्डेन भिलेज रेस्टुरेन्टको सभाहलमा सम्पन्न हुदै छ । सो कार्यक्रममा लोकपप, आधुनिक तथा चलचित्रकी गायिका रिता केसी, गायक गोपीकृष्ण पँगेनी तथा कतारमा रहेका स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुतीहरु रहनेछन।

सोही कार्यक्रमका लागि लोकपप, आधुनिक तथा चलचित्रकि गायिका रिता केसी नेपालबाट र गायक गोपीकृष्ण पंगेनी दुवईबाट आउँदै छन् । कार्यक्रममा कतारमा रहेका विभिन्न स्थानीय कलाकारहरु गायक/सर्जक शरद पाण्डे, नृत्याङ्गना सन्चोमाया तामाङ, लोकदोहोरी गायक गंगादत्त गिरी, दुर्गा विसी, सुष्मा पुन, रेशम परियार, दामोदर न्यौपाने, शिव पौडेल लगायतको लोक, आधुनिक तथा पप गीतहरुको प्रस्तुति रहने छ ।

त्यसैगरी अजय परियार, लोकेश विसी, सविता लामा, किरण लामा, तुफान काफ्ले, रिमा लामाको विभिन्न विधाको नृत्य एवम कतारमा गुल्मेली माग्नेबुढाको नामले परिचित सुरज बिसिको हास्य व्यङ्ग्य प्रस्तुती रहनेछ।

प्रवेश निशुल्क रहेको उक्त कार्यक्रम भोलि अगष्त ५ तारीख शुक्रबारका दिन कतारको बिन ओम्रान स्थित गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा स्थानीय समय अनुसार मध्यान्हको १ बजे देखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend