logo
  • शनिबार, साउन ९ २०८३

युएईबाट ठूलो रकम उठाएर फरार भएका भण्डारी पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

Laxman-Bhandariबुटवल,श्रवण २० ।
युएईमा १० लाख दिरहम(झण्डै तीन करोड रकम) उठाएर सम्पर्कविहिन भएका लक्ष्मण भण्डारी पक्राउ परेका छन् । उनलाई मंगलवार साँझ बुटवलको ट्राफिक चौकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

भण्डारीले युएईमा थुप्रै नेपालीको लाखौं रकम उठाएर भागेको भन्ने उजुरीका आधारमा प्रहरीले उनको खोजि गरिरहेको थियो । भण्डारीले आफूहरुसँग लाखौं रकम लिएर भागेको भन्दै पीडितहरुले उजुरी हालेका थिए ।

गुल्मी सेवा समाज, युएईका अध्यक्ष र लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्षका रुपमा सामाजिक अभियन्ताको परिचय बनाएका भण्डारीले रकम उठाएर सम्पर्क विहिन भएपछि उनको खोजि सुरु गरिएको थियो । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि बुधवार विहान काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend