साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी श्रावण २०।
पहिरोले बाँध बगाएपछि अवरुद्ध बनेको दरमखोला लघुजल बिद्यतु परियोजनाको बिद्युत झण्डै दुइ हप्तापछि आजबाट सुचारु भएको छ । पहिरोले करिब १० मिटर बराबरको नहर बगाएपछि बिद्युत सेवा अबरुद्ध भएको थियो । पहिला प्राबिधिक समस्याको कारण अबरुद्ध बनेको बिद्युत पछि गत श्रावण ११ गतेको बर्षा सँगैको पहिरोले झनै अबरुद्ध बनेको थियो ।
बाँध मर्मत गर्ने काम हिजो नै सकिएको र आजको पुरै दिन बाँधमा आएको माटोको रेलोलाई हटाएपछि साँझ मात्र बिद्युत पुन सुचारु भएको बिद्युतका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिनुभयो । बिद्यतु अबरुद्ध भएपछि वामी मुसीकोट लगायतका करिब एक हजार स्थानीयहरु अध्यारोमा बस्न बाध्य भएका थिए । उनीहरु मोबाइल चार्ज गर्न देखी लिएर कुटानी, पिसानी लगायतका कामहरुमा पनि निकै प्रभाबित बनेका थिए ।
बजारका स्थानीय ग्रिल, ग्यारेज देखी ब्यापार ब्यबसाय तथा बैंक र बित्तिय संस्थाहरुपनि निकै समस्यामा परेका थिए । बिद्युत सेवा अबरुद्ध भएपछि वामीको सामुदायिक रेडियो पुष्पाञ्जलीको प्रशारण पनि अबरुद्ध बनेको थियो भने स्थानीय सञ्चारबाट बञ्चित भएका थिए । बिद्युत आएपछि वामी तथा आसपासका गाबिसहरु झलमल्ल भएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend