logo
  • शनिबार, साउन ३० २०८३

सत्य घटनालाई गित मार्फत भन्दै छन गायक फौद “बैसरिमा घर थ्यो मेरो”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल, कतार ।
भूपरिवेष्ठित राष्ट्र नेपालको म्याग्दी जिल्ला बिबिधिताले भरिएको एक पहाडी जिल्ला हो । जसलाई लाहुरेको जिल्लाको रुपमा पनि चिनिन्छ । भुइचालाको भुईचालोले थिचिएको म्याग्दी मा त्यति बेला अर्को ब्रजपात बर्जियो जब म्याग्दी राखु भगबतिको बेसरिमा राम्चेको पहाड फुटेर झरेको सुख्खा पहिरोले पनि २५ घर भन्दा बढीको मानब बस्तिलाइ बगरमा परिणत गरिदियो ।
faud
कुनै मानबिय क्षति नभएपनि बेसरीबासि संग जिउदो ज्यान बाहेक केहि बचेंन । २५/२६ घण्टा भन्दा बडी थुनिएको काली नदि त खुल्यो तर बस्तीलाई बगरमा बदल्दै पहिरो पनि रोकिदै गयो । आफनी जन्म स्थानको पिडालाइ आफनो कलम मार्फत कोरेर सबैको अघि सत्यता पस्कने जमर्को म्याग्दी राखु भगबतीका सर्जक तथा गायक फौद कटुवालले गरेका छन बैसरिमा घर थ्यो मेरो ढुंगा र माटोको नामक एल्बम मार्फत ।

धेरै समय पछी पीडालाई गित मार्फत पस्केका उनले आफु एक्लैले गर्न असमर्थ भएको हुदा आर्थिक सहयोगी मनहरु खुलेपछि मात्र काम गर्न सहज भएको बताए । निकै अबेर गरेर गित सारबजनिक गर्नु भयो नि भन्दा पिडा कहिले पुरानो नहुने र त्यसको लागि अनुकुलता नमिलेको स्वीकारे । म्याग्दी जिल्लाकै इतिहासमा एक कालो दिनको रुपमा रहेको उक्त दिनको घटनालाइ साइ भिजन मार्फत भिडियो बजारमा आएको छ ।

जुना श्रीस मगरको साथमा फुड कटुवालले स्वर दिएका छन भने सब्द तथा अभिनय पनि गायक स्वयम्कै रहेको छ । उनलाई अभिनयमा स्थानीय बहु प्रतिभाकि धनि रुबिना भण्डारीका साथै बैसरिकै पहिरो पीडितले साथ दिएका छन । यस गीतमा लय भने चर्चित सर्जक तथा गायक बसन्त थापाको रहेको छ । हरिस महाराले खिचेको दृश्यलाइ प्रकाश भट्टले निर्देशन गरेका हुन् भने म्याग्दीका चर्चित पत्रकार सन्दिप खत्रीले खिचेका पहिरोका फुटेज पनि भिडियोमा समाबेस गरिएको छ ।

अभिनय एक नाटक हो भन्छन तर यो भिडियो सत्य भन्दा फरक कल्पना गर्न नसकिने गायक तथा सर्जकले दाबि गरे । आफनो महत्वपूर्ण प्रोजेक्टको रुपमा लिएर काम गरेको र यसलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहयोग निरन्तर पाउने कुरामा आफु आशावादी रहेको बताउनु भयो ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend