साझा नेटवर्क
कपिल ज्ञवाली, बुटवल श्रावण १९ ।
पाल्पाको दोभान गाबिस ४ झुम्सामा पहिरोमा परि बिस्थापित भएका ६ घरपरिवारलाइ राहत प्रदान गरिएको छ । अविरल वर्षा पछि साउन ११ गते सिद्धार्थ राजमार्गको छेउमै रहेका ६ घर परिवार पहिरोबाट बिस्थापितनै भएका हुन् ।

सो घटनामा १ जनाको ज्यान समेत गएको थियो । एम्स कलेज, काउन्सिल अफ एम्स इस्टुडेन्ट (क्यास) र संकल्प नेपालले संयुक्तरुमा पहिरो प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेका हुन् । लताकपडा, म्याट, बिस्कुट चिउरा, खाध्य सामाग्रि बितरण गरिएको हो । प्रभावित परिवारलाई केही सहयोग गर्नुपर्छ भन्ने भावनाले बिद्यार्थिहरुले थोरै थोरै संकलन गरेर राहत समाग्रि संकलन गरिएको एम्सका क्याम्पस प्रमुख दीपक ढकालले बताए ।
ढकालले एक जनाको ज्यान जाने गरि पहिरोले बिस्थापित परिवारलाई सबैको सहयोगको खाचो रहेकाले कलेजले सहयोगको हात बढाएको बताउदै सबैले सहयोग गर्नुपर्ने बताए । झुम्सा निवासी समाजसेवी तथा प्राध्यापक महेन्द्र पाण्डेले बिस्तापित परिवारहरु बर्षातको समयमा बिचल्लिमा परेकोले बसोवासको व्यवस्था गर्न राज्य स्तरबाट सहयोगको खाचो रहेको बताए ।
पहिरोले बिस्थापित भए पछि ६ घरका परिवारहरु अहिले सडक बिभागको कम्पाउण्मा बस्दै आएका छन् । पिडित परिवारले बसोवासको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका छन् । कार्यक्रममा एम्सकी कलेजकी बिद्यार्थी रेजुना श्रेष्ठ,संकल्प नेपालका सुनिल क्षेत्री लगायतले बोलेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend