logo
  • शनिबार, भाद्र २० २०८३

गायक तुलसिंहलाई “ढंग नहुदा रंग भएन नाच्न”


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी श्रावण १९।
केहि वर्ष यता सांगितिक क्षेत्रमा निरन्तर लागि रहेका सञ्चारकर्मी तुलसिंह रनपछाईको आवाजमा नयाँ तिज गित सार्वजनिक भएको छ । रेडियो कर्मीसगै उनले गायन क्षेत्रलाई पनि अगाडी बढाएका छन् । केहि वर्ष यता निरन्तर लोक संगित क्षेत्रमा लागेर गायन क्षेत्रमा पनि उनि आफनो पहिचाहन बनाएका छन् ।
14
रेडियोमा कार्यक्रम सञ्चालन सगै उनले अहिले निरन्तर संगित क्षेत्रलाई पनि अगाडी बढाउँदै आएका छन् । गित संगित सगै उनि जिल्ला तथा जिल्ला वाहिर हुने कार्यक्रमहरुमा पनि व्यस्त हुने गर्दछन् । केहि वर्ष यता उनले महिलाहरुको महान पर्व तिज पर्वलाई मध्यजनर राखेर तिज गितहरु पनि गाउदै आएका छन् । यस वर्ष पनि महिला दिदि बहिनीहरुलाई नचाउने खालको “ढंग भएको रंग हुन्छ नाच्न” तिज गित सार्वजनिक भएको छ ।

लोकप्रिय गितकार नेत्र अर्यालको लय शब्द रहेको उक्त गितमा तिजको बेला ढंग नहुदा नाच्न रंग नभएका कुराहरु समाबेश गरिएको छ । तिज पर्वमा गित गाउनु र नाच्नु एउटा रमाइलो पक्ष रहेको हुन्छ त्यसैमा नाच्न ढंग नहुदा रंग नभएका कथा बस्तुमा गित तयार भएको गायक तुलसिंह रनपाछाईले बताए । गाउन नाच्न रहर हुदा हुदै पनि नाच्न ढंग नहुदा रंग नभएका बिषय वस्तु गितमा राखिएको गितकार नेत्र अर्यालको भनाई छ ।

हरि बस्नेतको उक्त तिज गितमा सञ्चार कर्मि एबं गायक तुलसिंह रनपछाई र देवी घर्तिको स्वर रहेको छ । शिवदर्शन डिजिटल प्रालि मार्फत बजारमा आएको गित गुल्मीको सदरमुकाम तम्घासमा छायाँङन गरिएको थियो । गुल्मीको मनमोहक दृश्य सगै गुल्मेली महिला दिदि वहिनहरु प्नि उक्त गितको म्युजिक भिडियोमा देख्न सकिन्छ । गितमा बिजय थापा र रिचा थापाले अभिनय गरेका छन ।

एक दर्जन भन्दा वढी लेक तथा दोहोरी गितमा आवाज दिएका गायक पछाईले आधा दर्जन भन्दा वढी तिज गितमा पनि आवाज दिइसकेको बताए । गित संगित क्षेत्रलाई जोगाउन र संरक्षण गर्न आफु पनि यस क्षेत्रमा लागी परेको बताए । कला संस्कृतिको संरक्षण गर्न आफना गितहरुले निकै महत्व राख्ने उनले बताए ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend