logo
  • शनिबार, साउन ३० २०८३

साथी बदल्न सकिने भएपनि छिमेकी बदल्न सकिन्न – देउवा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, श्रावण १९ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साथी बदल्न सकिने भएपनि छिमेकी बदल्न नसकिने बताएका छन् ।भारतको चाहनाअनुरुप सरकार परिवर्तन गरिएको आरोपमाझ  प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उम्मेदवारमा प्रस्ताव गरेका देउवाले शान्तिपूर्ण तरीकाले सरकार परिवर्तन हुनु प्रजातान्त्रिक अभ्यास भएको बताए।

160307185339_sher_bahadur_deuba_640x360_._nocredit

संसद्लाई सम्बोधन गर्दै उनले भने, “विदेश नीतिबारे अहिले अनेकौं चर्चा चल्दैछ। साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न।”तराई केन्द्रित दलसहितको संघीय गठबन्धनसँग गरिएको सहमतिको औचित्य प्रष्ट पार्दै देउवाले उनीहरुसँगको सहमतिसँगै संविधानलाई सर्वस्वीकार्य बनाइने बताए।

समृद्धि

संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीमा प्रचण्डका समर्थक रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधानमा सबैपक्षको सहमति हुन नसक्ने भएपनि अधिकतम पक्षको सहमति जुटाउनुपर्ने बताए।

प्रचण्डलाई प्रधानमन्त्री पदका लागि समर्थन गर्नुको कारणबारे उनले भने, “चुनौतीका पहाडसँग लड्नका निमित्त उपयुक्त पात्र प्रचण्ड हुन्।”महराले संक्रमणकाललाई परिवर्तनको अवसरका रुपमा बदल्नका लागि पनि प्रचण्ड आवश्यक भएको जिकिर गरे।

यसैगरी सदनलाई सम्बोधन गर्दै संघीय गठबन्धनका संयोजक समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जुनसुकै समुदाय भएपनि उसका मुद्दालाई सम्बोधन नगरी न मुलुकलाई शान्ति र समृद्धितर्फ ल्याउन सकिने न त राष्ट्रियता मजबुत हुन सक्ने बताए।

उनले भने, “विगतमा कति सहमति भए कति सम्झौता भए तर अप्ठ्यारोमा परेको अवस्थामा सहमति गर्ने र पछि त्यसलाई बेवास्ता गर्ने। पुनः अप्ठ्यारोमा परेपछि पुनः सहमति गर्ने परम्परालाई अबको सरकारले टुंग्याउनेछ।”

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend