साझा नेटवर्क
काठमाडौं, श्रावण १९ ।
सरकारको बाग्डोर सम्हाल्न आँटोट लिएका माओवादी केन्द्र र नेपाली कांग्रेससंग आन्दोलनरत मधेशी दलहरु सम्मिलित संघीय गठबन्धनले प्रधानमन्त्रीको चुनाव हुनु केही बेर अगाडि संसद भवनमै भएको लामो छलफलपश्चात तीन बुँदे सहमति गरेका छन्।
उक्त सहमतिमा नयाँ सरकारले मधेशी दलहरुले उठाएका प्रदेश सीमांकन हेरफेर, नागरिकताका प्रावधान अनि समानुपातिक समावेशी सम्बन्धी संविधानसंग जोडिएका मुद्दाहरु राजनीतिक सहमतिका आधारमा सल्टाई संविधानको संशोधनमार्फत सम्बोधन गरिने उल्लेख छ।
नयाँ सरकारले गत वर्षको तराई मधेश आन्दोलनका क्रममा भएका घाईतेहरुको उपचार, शहीद घोषणा मुद्दा फिर्ता जस्ता विषयमा निर्णय गर्ने तथा आन्दोलनका क्रममा भएका भनिएका ज्यादतीका घटनाबारे सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा छानविन गर्ने विषय समेत उक्त सहमतिमा रहेको छ।
साथै, बुधबारको प्रधानमन्त्रीको चुनावमा अब तराई केन्द्रित दलहरुले प्रचण्डको पक्षमा मतदान गर्ने भएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend