साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी श्रावण १९ ।
गुल्मीको धुर्कोट वस्तु गाविस ७ वस्तु प्रहरी चौकीमा श्रावण १७ गते पुरानो बम फेला परेको छ । प्रहरी चौकीको भान्सा नजिकै द्धन्द कालिन समयमा राखिएको पुरानो बम फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।
उनले चौकीको साइडमा माटो खन्ने क्रममा पलाष्टिक र तार देखिएपछि निकाल्दा घरमै बनाएको तर नपडेकिएको बम फेला परेको बताए । त्यो द्धन्दकालमा प्रहरी आफैले सुरक्षाको लागी राखेको वा तत्कालिन माओवादीले छाडेको भन्न सक्ने अवस्था रहेको उनले बताए । एक दुई दिनमा त्यो बम डिस्पोज गरिने तयारी रहेको एसपी रावलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend