logo
  • शुक्रबार, साउन ८ २०८३

सु.प.सेवा समाजको वार्षिकोत्सव तथा राष्ट्रिय पर्व गौरा भब्य कार्यक्रम बिच मनाउदै


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

महेश कार्की, कतार श्रावण १८।
सुदुर पश्चिम सेवा समाज कतारले आउँदो २६ अगष्ट २०१६ सुक्रबारका दिन सस्थाको बार्षिक उत्सव तथा सुदुर पश्चिमको मैलिक तथा राष्ट्रिय पर्व गौरा भब्य कार्यक्रम विच मनाउने भएको छ ।13932994_1668570863465843_1719996639_nहिमाल ,पहाड, तराई एकताको कामना समिद्र समाज निर्माण सुप सेवा समाजको चाहाना भन्ने नारालाई आत्मसात गर्दै   सु प सेवा समाज कतार द्वारा सु.पलाई साक्षर बनाउने उदेश्यले संचालित अक्षयकोषलाई सहयोग पुर्याउनको निम्ति यो कार्यक्रम गर्न लागिएको हो। अक्षयकोषलाई सहयोग गरौं सु.पलाई साक्षर बनौं भन्ने कार्यक्रमको मुल नाराका साथ सुदुर पश्चिमको कला सस्कृतीको जगेर्ना गर्दै सु.पका प्रशस्त पर्यटकिय सम्भावना बोकेका पर्यटकीय स्थललाई विश्व सामु पुर्याउन र चिनाउनको लागि प्रचारप्रसार गर्ने हेतुले पनि कार्यक्रमको आयोजना गरेको सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अमृत शाहीले बताउनु भएको छ । कार्यक्रममा सुदुर पश्चिमका लोकप्रिय भाकाका डेउडा तथा ठाडिभाका सहित गैरा विशेष प्रस्तुतिका साथ सुप सेवा समाजका कलाकारहरुको प्रस्तुति पनि रहने कार्यक्रम संयोजक सुरेन्द बिस्टले जानकारी दिनु भएको छ ।13883740_1668570880132508_1814451603_n

कार्यक्रम का लागि नेपाल बाट आउने अतिथि कलाकारहरु मा लोक संगीत मा ख्याति प्राप्त रास्ट्रिय कलाकार चर्चित देउडा गायक तथा नित्यकार शंकर शिह बिस्ट ,चर्चित देउडा गायक तथा मोडेल सुर्य बिरही साउद, चर्चित मोडेल तथा दोहोरी गायिका चादनी मल्ल र चर्चित देउडा गायिका पबित्रा भन्डारी आउने आयोजक कमिटी ले जानकारी दिएको छ । जागिरको शिलशिला मा कतारमा रहेर पनि गित संगीत लाई उत्तिकै माया गर्ने डेउडा तथा लोक दोहोरी गायक गंगादत्त गिरि, मोडेल तथा नित्यकार लोकेश बि.सि. हास्य कलाकार राम बहादुर बोहरा, देउडा गायक महेश नाथ, नित्यकार रिमा लामा, बारिश बम्जन, रिमा क्षेत्री र पारु मगरको पनि प्रस्तुति रहने छ । कार्यक्रम कतारको राजधानी दोहा स्थित सालिमार रेस्टुरेन्टको सभाहलमा दिउँसो १० बजे बाट संचालन हुने छ ।13866791_1668570860132510_1087564780_n

कार्यक्रममा विशेष आकर्षकहरु सुपका मैलिक सस्कृती डेउडा हुडकेली र छलिया नाच आकर्षक हुने छन् । कार्यक्रममा सामुहिक डेउडा खेल पनि रहेने छ भने भने विभिन्न सुपका लोप हुँदै गएका सस्कृती झलक हरु पनि रहने छ्न । कार्यक्रमको विशेष सहयोगिमा ठकुरी सहयोग संजाल कतार,बसन्त फिल्म प्रा.लि,नमस्ते नेपाल साख कतार र आईबोस गोलोबल रहेका छ्न भने मिडिया सहयोगीमा सिधा दृटी अन्लाईन,टिभी टुडे द्वारा संचालित कार्यक्रम चादनी,हिमालयन टेलिभिजन द्वारा संचालित कार्यक्रम चाचडी , रेडियो नमस्ते नेपाल र साझा नेटवर्क अन्लाईन पत्रीका रहेका छ्न । कार्यक्रमलाई रेडियो नमस्ते नेपाल द्वारा प्रत्यक्ष प्रशारण सुन्न सकिनेछ भने टिभी टुडे द्वारा संचालित कार्यक्रम चादनी ,हिमालयन टेलिभिजन द्वारा संचालित कार्यक्रम चाचडी मा प्रत्यक्ष हेर्न पनि सकिने आयोजक कमिटीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend