साझा नेटवर्क
काठमाडौं, श्रावण १८ ।
प्रधानमन्त्रीको चुनावका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार हुने सहमतीय सरकारको प्रयास सफल नभएपछि बहुमतीयको प्रक्रिया अनुसार हुन लागेको प्रधानमन्त्री चुनावमा उनले उम्मेदवारी दिएका हुन्।
उनलाई विपक्षमा रहँदै आएको पहिलो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका छन्।अहिले सरकारको नेतृत्व गरिरहेको दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्री पदमा दाबेदारी नदिने बताएको छ।
प्रचण्डले आफ्नै दलका महासचिव कृष्ण बहादुर महरा सहित ७ जनाको समर्थन सहित मनोनयन दर्ता गराएका हुन। केहि बेर अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दर्ता गराउनुभयो। आज ४ बजेसम्म उम्मेदवारीका लागि समय तोकेका छौं ।
सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन नसकेपछि सोमबार संसद सचिवालयले बुधबार प्रधानमन्त्रीको चुनाव गर्ने गरि कार्यतालिका निकालेको थियो।अब सरकारबाट बाहिरिन लागेको नेकपा एमालेले यसअघि प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी दिने बताए पनि मंगलबार बसेको स्थायी कमिटीको बैठकले त्यसो नगरी सिधैँ प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।
एमाले नेता सुवास नेम्वाङले भने, “प्रधानमन्त्रीको चुनावमा प्रचण्डविरुद्ध मत हालेर एमालेले जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेका छौं।” कार्यबहाक प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता भएपछि नयाँ प्रधानमन्त्रीको चयनका लागि संसद सचिवालयले मंगलबार दिनभर उम्मेदवारी दर्ता गर्न समय तोकेको छ।
मंगलबार अपरान्ह नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने संसद सचिवालयले जनाएको छ।प्रधानमन्त्रीको चयनका लागि बुधबार ११ बजेबाट संसदमा मतदान सुरु हुने बताइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend