logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी सेवा समाज कतारको साधारणसभा सम्पन्न, अध्यक्षमा पाण्डे


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कुमार अविरल पन्थी, कतार।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्दता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मुल नाराका साथ कतारमा सक्रिय रुपमा रहेको गुल्मी सेवा समाज कतारको छैठौ साधारण सभा सम्पन्न भएको छ ।
1
शिव खड्काको सभापतित्व तथा नेपाली राजदुतावास कतारका श्रम सहचारी नरेन्द्र राज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा गैर आवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिनोद भट्टराई, गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामाङ, नेपाल प्रवासी जनजाती महासंघ कतारका मिलन भुजेल, कतार नेपाली एकता समाजका अध्यक्ष लुमकान्त पुन, नेपाली जनसम्पर्क समितिका सचिवालय सदस्य अबु बकर अलि, नेपाली जनप्रगतिशिल मंचका महासचिव जय बि राई, प्रवासी नेपाली मंचका प्रमुख सल्लाहकार दिल किरण खजुम, समाजसेवी तथा व्यवसायी माया के.सी. नेपाल मगर संघ शाखा कतारका महासचिव बिजय कुमार मगर लगायत बिशेष अतिथि रहनु भएको थियो ।
3
यसैगरी अथितीहरुमा अर्घाखाँची सेवा समाजका उपाध्यक्ष ठाकुर कुमार परियार, पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार भूपराज दवाडी, बसन्त फिल्मस् प्रालीका प्रबन्ध निर्देशक एवम युवा समाज सेवी ईश्वर काफ्ले, बाग्लुङ सेवा समाजका उपाध्यक्ष सागर पौडेल, भोजपुर सेवा समाजका अध्यक्ष जय कुमार राई, गोरखा सेवा समाजका अध्यक्ष शुदर्शन भट्ट, पाथीभरा सेवा समाजका सीताराम प्याकुरेल, मोरङ सुनसरी सेवा समाजका अध्यक्ष टि एन बराल, मोना कतारका महासचिव तिलु शर्मा पौडेल, रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, पर्वत सेवा समाजका संरक्षक छवीलाल भट्टराई, गुल्मी सेवा समाजका संरक्षक द्रोण बहादुर बस्नेत, प्रमुख सल्लाहकार विजय विक्रम बस्नेत, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका दिल कुमार रानाभाट, समाज सेवी तथा व्यवसायी मो. मुक्तदा मुसलमान, समाज सेवी छम परियार लगायत विभीन्न सँघ संस्थाका प्रतिनिधिहरु रहनु भएको थियो ।
4
रोजगारीको सिलसीलामा कतारमा कार्यरत गुल्मेली तथा प्रवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको उल्लेख्य उपस्थितले कार्यक्रमको सभाहल खचाखच भरिएको थियो । ४ लाख भन्दाबढी नेपाली रहेको कतारमा गुल्मेलीको पनि कमि छैन । सामाजिक भावना भएका गुल्मेलीहरु कार्यकमलाई सफल बनाउन बिभिन्न कोणबाट सहयोग गरीरहेका थिए।
5
कार्यक्रमका प्रमुख अतिथि नरेन्द्रराज ज्ञवालीले व्यानर अनावरण तथा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सस्थाका उपाध्यक्ष झबिन्द्र आचार्यले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा सस्थालाई अमुल्य योगदान दिनुहुने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
new team
संस्थाले आयोजना गरेका विभिन्न सांस्कृतिक एवम अन्य बिबिध कार्यक्रहरुमा सहयोग गर्नुहुने स्वय सेवक तथा कलाकारहरुलाई सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र राज ज्ञवाली लगायत विभिन्न वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष एवम छैठौ साधारणसभाका सभापति खड्काले आफ्नो मनतव्य तथा कार्यक्रम सफल बनाउन अमुल्य योगदान दिनुहुने सम्पूर्ण प्रति विशेष धन्यवाद दिदै सभालाई पुर्णता दिनु भएको थियो । सो साधारण सभाले पुरानो कार्य समिती विघठन गरी नयाँ कार्यसमिती गठन गरेको छ ।


नव निर्वाचित कार्यसमिति निम्न प्रकार रहेको छ ।


अध्यक्ष श्री बुद्ध पाण्डे
प्रथम उपाध्यक्ष श्री झबिन्द्र आचार्य
दितीय उपाध्यक्ष श्री लिलामणि पन्थी (कुमार अविरल)
सचिव श्री केशव कंडेल
सह सचिव श्री मेहर सिंह परियार
कोषाध्यक्ष श्री मित्र वि.एस
सह कोषाध्यक्ष श्री नारायण के.सी.
महिला संयोजक श्रीमती विष्णु खत्री
सदस्य श्री मिन प्रसाद पोख्रेल
सदस्य श्री लोक बहादुर सुनार
सदस्य श्री राजु थापा
सदस्य श्री सुरज बि सी
सदस्य श्री ओम बहादुर जिसी
सदस्य श्री देव लम्साल
सदस्य श्री वीरबल गुरुङ
सदस्य श्री सुरज चन्द
सदस्य श्री सुसान्त केसी.

कार्यकमको अन्त्यमा बोल्दै नव निर्वाचित अध्यक्ष पाण्डेले सस्थालाई आगामी दिनमा अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई एक ढिक्का बनाउदै अगाडी बढ्ने प्रतिबद्ता व्यक्त गर्नुभयो । सल्लाहकार समिति एवम रिक्त रहेका बाँकी पदहरुमा सस्थाको पहिलो बैठकबाट पदपूर्ति गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend