साझा नेटवर्क
नयाँ दिल्ली भारत, श्रावण १६।
भारतमा कांग्रेसका स्व. पूर्वमन्त्री हर्नाम दास जोहरको घरमा एक नेपाली मृत भेटिएका छन् ।४० वर्षका भगत सिंह मृत भेटिएका हुन् । उनी २०१३ देखि हर्नाम दास जोहरको घरमा काम गर्न बसेका थिए । हर्मन दासका छोरा अजय र उनको परिवार चेन्नईमा बस्थे ।
त्यहाँ भगत र अन्य दुई कामदारका रुपमा कार्यरत थिए । शनिवार भगत फ्यानमा पासो लगाएको अवस्थामा मृत भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । प्रहरीले शव पोस्टमार्टमका लागि सिभिल अस्पताल पठाएको छ र घटनाबारे अनुसन्धान थालेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend