logo
  • शुक्रबार, असोज ९ २०८३

राती १० बजेपछि तिज गीतका कार्यक्रम नगर्न गुल्मी प्रहरीको अनुरोध


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रेडियो रेसुङ्गा, गुल्मी श्रावण १६।
जिल्ला प्रहरी कार्यलय गुल्मीले चाड पर्वको समयमा राति १० बजे पछाडी तिज गित लगायतका कार्यक्रम नर्गन सबैमा अनुरोध गरेको छ । रातिको समयमा हुने तिजगित कार्यक्रमले शान्ति सुरक्षामा समेत असर पुुराउने भन्दै राति १० बजे पछाडी तिज गीत कार्यक्रम गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

तिज गित गाउने बहानामा आपराधिक क्रियाकलाप तथा विकृति विसंगतिहरु बढ्ने भएकोले सबैले आ आफनो तर्फबाट सहयोग गरि समाजमा शान्ति सुरक्षा स्थापनाको लागी भुमिका निर्वाह गर्न सवै नागरिकलाई प्रहरीले आबहान गरेको छ । गुल्मीको सदरमुकाम तम्घास लगायत ग्रामीण क्षेत्रमा रातको समयमा मानिसहरू जम्मा भै तिजका गितहरु गाउने परम्परा छ ।

जिल्ला प्रहरीकार्यलय गुल्मीले रातको समयमा कुनै कार्यक्रम गर्न पर्ने भए जिल्ला प्रसाशनमा लिखित जानकारी गराएर मात्र कार्यक्रम गर्न अनुरोध गरेको हो । कसैले अटेर गरि प्रशासनको स्विकृत विना चार्डपर्वको बाहानामा राति १० बजे पछाडी कार्यक्रम गरेमा कार्यक्रम गने संस्था , होटल तथा घरभेटीलाई समेत कारवाहि गरिने समेत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend