logo
  • शनिबार, भाद्र २० २०८३

“मेरी कालीलाई जे लगाए नि जच्छ” तीज गीति सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

Teej song Image-1लालबहादुर ढेंगा, दुबई ।
वैदेशिक रोजगारीको सिलसिलामा घर परिवारबाट टाढा विदेशी भूमिमा कार्यरत रहेता पनि आफ्नो कला र संस्कृतिलाई उत्थान गरेको पाईन्छ । दैनिक ड्यूटीबाट बचेको समयलाई सदुयोपक गर्दै विभिन्न क्षेत्रमा योगदान पु¥याएको धेरै उदाहरण देख्न सकिन्छ । भन्छन् लगन र रुचि भएमा जे पनि गर्न सकिन्छ । त्यस्तै दुबईमा कार्यरत होमनाथ कुंवरले समाज सेवादेखि सांगीतिक दुनियामा आफ्नो स्थान जमाएको छ ।

गुल्मी जिल्लाको हस्तिचौंर–१, मा जन्म भई हाल दुबईमा विगत १० बर्षदेखि कार्यरत होमनाथ कुंवरले गुल्मी सेवा समाज युएईमा सांस्कृतिक विभाग कार्यक्रम प्रमुख र नेपाली कलाकार समुहमा उपाध्यक्ष जस्तो गरिमामय पद सम्हाल्दै सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । उहांले सांगीतिक क्षेत्रमा कदम राखेको तीन बर्षको अवधिमा लगभग ४५ वटा लोक गीतहरुमा कुनैमा स्वर, कुनैमा लय र शब्दहरु दिनु भएको छ ।
Teej song image-2
यस क्षेत्रमा सधै सहयोग र अगाडि बढ्ने प्रेरणा उमेश कुंवर, केशव कुंवर र शम्भु कुंवरलाई श्रेय दिनु भएको छ । गत २७ जुलाईका दिन तीज गीतिएल्वम “मेरी कालीलाई जे लगाए नि जच्छ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक दाहाल र संगीता चापागाईको संयुक्त तीज कोशली अन्र्तगत होमनाथ कुंवर र चर्चित लोक गायिका जमुना सनमको स्वरले सजिएको छ ।

जसमा शंकर बिसी र रेश्मी तामाङको अभिनय रहेको छ भने लय संगीता चापागाई, शब्द उमेश कुंवर र सल्लाहकारमा सुन्दर खनाल रहेको छ । यस एल्वमलाई पूर्ण रुपले सहयोग गर्नेहरुमा मनु कुंवर, सीता कुंवर, तारा घिमिरे र कमला कुंवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend