logo
  • शुक्रबार, साउन ८ २०८३

नमस्ते नेपाल भवन निर्माणार्थ कतारमा सांस्कृतिक कार्यक्रम हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

रवि रोषी, कतार ।
नमस्ते नेपाल भवन निर्माण सहयोगार्थ कतारमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । मनोरन्जन, परोपकार, लगानीको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको पहिचान भन्ने नाराको साथ गठित अन्तर्राष्ट्रिय संस्थाको कतारमा पनि केहि बर्ष अघि शाखा खोलि सकिएको छ ।
namaste nepal progr.
विभिन्न मुलुकमा छरिएर रहेका प्रवासी नेपालीहरुको संस्थाले यस अघि नै काठमाण्डु नयाँ बसपार्क निकट मुख्य कार्यालय स्थापनार्थ जग्गा खरिद गरिसकिएको र सो जग्गामा भवन निर्माण गरी कार्यालय खोल्नको लागि कतारमा नमस्ते नेपालले भवन निर्माणार्थ सो कार्यक्रमको आयोजना गर्न लागेको नमस्ते नेपालका प्रमुख सल्लाहकार इश्वर काफ्लेले बताए ।अगस्ट ५ तारिखका दिन विन ओम्रानको ग्रीन भिलेजमा मध्यान्न १ बजे बाट हुने सो कार्यक्रममा नेपाल तथा कतारका स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुतीहरु रहनेछ ।

लोकपप, आधुनिक तथा चलचित्रकी गायिका रिता केसी नेपालबाट आउने भएकी छिन भने गोपीकृष्ण पंगेनी दुवई बाट आउने भएका छन् । सो को साथै कतारका स्थानीय स्थापित कलाकारहरुमा नृत्यांगना सन्चोमाया तामाङको स्वागत नृत्य रहनेछ भने लोकदोहोरी गायक गंगादत्त गिरी, दुर्गा विसी, सुष्मा पुन, रेशम परियार, दामोदर न्यौपाने, शिव पौडेल लगायतको लोक, आधुनिक तथा पप गीतहरु रहनेछ ।

सो को साथै अजय परियार, लोकेश विसी, सविता लामा, किरण लामा, तुफान काफ्ले, रिमा लामाको विभिन्न विधाको नृत्य प्रस्तुती रहनेछ । सो कार्यक्रममा गुल्मेली माग्नेबुढाको पनि हास्य प्रस्तुती रहनेछ भने शरद पाण्डेको पनि आफनो प्रस्तुती रहने कुरा नमस्ते नेपालका इश्वर काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend