साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली भारत श्रावण १३।
“कला , साहित्य र संस्कृति को संरक्षण गरौं ।नेपाल र भारत बिचको मैत्रीपूर्ण समन्ध कायम राखौं ” भन्ने मुल नाराका साथ प्रवास को नयाँ दिल्ली मा कार्यरत गैरराजनितिक संस्था पशुपति सम्पर्क मन्च (रजि.) ले नेपाली रंगारंग कार्यक्रम गर्ने भएको छ । 
भारतीय स्वतंत्रता दिवस को अवसर पारेर आयोजित उक्त “ईन्डो -नेपाल सांस्कृतिक कार्यक्रम -२०७३ ” मा धमाल मच्चाउन नेपाल बाट चर्चित लोकदोहोरी गायक खुमन अधिकारी, लोकप्रिय गायिका जमुना राना,तृप्ति खड्का , स्टेजको किड्ग भनेर चिनिने गायक नबिन पौडेल, चर्चित उद्घोषिका तथा पत्रकार शितल शर्मा , मोडल लक्ष्मण लम्सालआउदै छन तथा स्थानीय गायक हरु धुर्ब राना, सुबोध पोख्रेल,नबिन न्यौपाने र पत्रकार तथा मोडल बाबु रोका ले प्रस्तुति दिदै छन ।
” हामी हरुले बिगतका बर्ष हरुमा जस्तै यसपालि पनि गरिब बालबच्चा र अपाड्गहरुको सहयोग को लागि यो कन्सर्ट आयोजना गरेका छौ । अपाड्गहरु हाम्रै परिवार हुन र उनिहरु पर्ति हाम्रो दायित्व छ भन्ने भावनाको बिकास गर्न हामी यो कन्सर्ट गर्दैछौ ।
” मन्चका अध्यक्ष तुलसी शर्मा ले कार्यक्रम को जानकारी दिदै भन्नुभयो ।” यसपालि हामी हरु गरिब छात्र छात्राहरुलाई कापी , किताब र अपाड्गहरुको लागि बैसाखी बितरण गर्ने योजना बनाएका छौ ” महासचिव रमेश शर्मा ले भन्नुभयो ।
१५ अगस्त २०१६ का दिन सम्पन्न हुने कार्यक्रम को सफलताको लागि सिड्गो टिम एक बनेर दिन रात एक गरिरहेको छ । त्यसो त हरपलको कार्यक्रम मा सम्झिएको भन्दै गायिका जमुना राना पनि फुरुड्ग हुनुहुन्छ “तुलसी दाई , रमेश जी , धुर्ब दाई लगायत को टिमले मलाई हरेक कन्सर्टमा निम्ता दिनुहुन्छ ।यो मेरो लागि सबै भन्दा खुसी को पल हो ।
एकदमै एकसाईटेड छु ” टेलीफोन बार्तामा गायिका राना ले भन्नुभयो। मन्चको स्टेजमा खुमन अधिकारी,जमुना राना,धुर्ब राना ले धमाल मच्चाई सकेका छन भने स्टेज किड्ग नबिन पौडेल र स्टेज क्विन शितल शर्मा ले पहिलो पटक पर्फम गर्नेछन ।कार्यक्रम सामुदायिक भवन , वजिरपुर गाँव, पानी ट्याड्कीको नजिकै अशोक बिहारमा ११:३० बजेदेखि साँझ ०७ बजे सम्म चल्नेछ । नेपाली दुताबास , नेपाली तथा भारतीय भाईचारा हरु तथा पत्रकार हरुको उपस्थिति रहने उक्त कार्यक्रम सशुल्क रहनेछ ।
नयाँ दिल्ली मा दोस्रो पटक आउन लागेकी बाग्लुड्गे ठिटी शितल शर्मा ले आफु दिल्ली बासी नेपाली हरु सड्ग रमाईलो गर्न निकै एकसाईटेड भएको बताउनु भयो ।” दिल्ली बासीको मायाले फेरि तान्यो एसपालि त लभ नै पर्छ कि ? एसपालि नि दिल्ली मा धुलो उड्ने भो ” टेलीफोन टकमा शर्मा ले भन्नुभयो ।
“गायक गायिकाहरु मात्र हैन १५ अगस्त मा झुम्न नयाँ दिल्ली नै तम्तयार छ । कसैलाई केहि समस्या भए या कार्यक्रमको बारेमा जानकारी नाहिएमा ९८१८३३९८२४ र ९७१६३१५५५१ मा सम्पर्क गर्न अनुरोध छ ” गायक धुर्ब राना ले भन्नुभयो ।
बिभिन्न संस्था र ब्यवसायिक प्रतिष्ठान हरुले सहप्रायोजन गर्ने सो कन्सर्ट को मीडिया पार्टनरको रुपमा हिमाल पोस्ट , नेपाल आवाज दैनिक र अर्घाखाँची डट कम रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend